भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

गुरुपूर्णिमामा फोटो पत्रकार योग सिक्दै

गुरुपूर्णिमामा फोटो पत्रकार योग सिक्दै

काठमाडौँ । आज आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । यसै अवसर पारेर फोटो पत्रकारलाई लक्षित गरी फोटो पत्रकारको छाता सङ्गठन राष्ट्रिय फोटो पत्रकार समूहले स्वास्थ्यलाई ध्यानमा राखेर योग कार्यक्रम आयोजना गरेको छ ।

‘गरौँ योग, रहौँ निरोग स् मन र शरीरलाई शुद्ध गरौँ’ भन्ने मूलनाराका साथ बौद्ध गुरु रानाग टुल्कु रिन्छेन रिम्पोछेले बौद्धस्थित सिद्धार्थ होटलमा २० फोटो पत्रकारलाई एक घण्टाको योग अभ्यास सिकाउनुभएको समूहका महासचिव प्रदीपराज वन्तले बताए । उक्त अवसरमा गुरु रिम्पोछेले पत्रकारलाई नसा, स्वासप्रश्वास तथा मुटुका लागि उपयुक्त हुने पाँच प्रकारका आसन सिकाउनुभएको थियो । ती आसनले कोरोनाबाट सुरक्षित राख्न मद्दत पुग्ने उहाँको भनाइ थियोे ।

 


Thali Mobile Pvt.Ltd.