भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

गृहमन्त्रीको चेतावनी, विपद्का काम पुरानै अवस्था दोहोरिएको सुन्न र हेर्न नपरोस्

गृहमन्त्रीको चेतावनी, विपद्का काम पुरानै अवस्था दोहोरिएको सुन्न र हेर्न नपरोस्

काठमाडौँ । विपद् पूर्वतयारीको काम व्यवस्थित र प्रभावकारी बनाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएका छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा शुक्रवार गृहमन्त्री श्रेष्ठले उक्त निर्देशन दिएका हुन् । विपद् पूर्वतयारीको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडि बढाउन पूर्वतयारीमा यथास्थितिवादी सोच र व्यवहार भएको भन्ने टिप्पणी आउने गरेको तर्क गरे ।

सिंहदरबारमा बसेको विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले डोटी, बाजुरा, लमजुङ, खोटाङ र भोजपुर केन्द्रबिन्दु भइ भूकम्पबाट क्षतिग्रस्त घर परिवारका लागि अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय समेत गरेको छ । असावधानिका कारण, अकर्मण्यताका कारण वा निर्णय कार्यान्वयन गर्न नसकेका कारण पुरानै अवस्था दोहोरिएको सुन्न र हेर्न नपरोस् भन्दै गृहमन्त्री श्रेष्ठले सम्बन्धित निकायलाई चेतावनी समेत दिए ।

बैठकमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले हिउँदमा शितलहर तथा वर्षा याममा बाढी, पहिरो आउने कुरा निश्चितजस्तै भएकाले विपद्का लागि प्रभावकारी पूर्वतयारी हुनुपर्ने तर्क गरे । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगलागी नियन्त्रणका लागि दह्रो कदम चाल्न आवश्यक रहेको बताए ।
आसन्न मनसुन पूर्वतयारी तथा प्रतिकार्यको ठोस कार्ययोजना आगामी बैठकमा बनाउने निर्णय पनि बैठकले गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.