गोयल र ओली भेटवार्ताबारे परराष्ट्रमन्त्री ज्ञवालीको खुलासा

गोयल र ओली भेटवार्ताबारे परराष्ट्रमन्त्री ज्ञवालीको खुलासा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुतबनेरगुप्तचर निकाय रअका प्रमुख सामान्त गोयल नेपाल आएको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले खुलासा गरेका छन् । आपासी समस्या समाधान गर्न विभिन्न माध्यमबाट छलफललाई निरन्तरता दिने सहमति प्रधानमन्त्री मोदिको प्रतिनिधिको रुपमा गोयल नेपाल आएको ज्ञवालीले दावी गरे । प्रधानमन्त्री ओलीले गोयलसंग शिष्टाचार भेट मात्रै गरेको उनको भनाई छ ।

आवश्यक परेर नेपाली प्रतिनिधीले भारतीय उच्च नेतृत्वसंग शिष्टाचार भेट गरेको मन्त्री ज्ञवालीले बताए । सरकारले भारतीय गुप्तचर निकायसंग गोप्य र अपारदर्शी भेट गरेको भनेर नेपालमा चर्को आलोचना भएको छ । तर दुई देशको सम्वन्ध सुधारमा अस्वभाविक नमान्न ज्ञवालीले आग्रह गरेका छन् । ओली र रअ प्रमुख गोयलको भेट सम्वन्धमा पुर्वाग्रहका आधारमा अनावश्यक विरोध र आलोचना भएको तर औचित्य नरहेको ज्ञवालीको भनाई छ ।

भारतीय स्थल सेनाअध्यक्ष जनरल मुकुन्द नरवाणेको विवादास्पद अभिव्यक्ति सम्वन्धमा नेपालले खण्डन गरिसकेको र उनको आगामी भ्रमण त्यसकैको प्रतिक भएको ज्ञवालीको भनाई छ । स्थल सेनाअध्यक्ष नरवाणेले यसअघी चीनको उक्साहटमा नेपालले मुलुकको नयाँ नक्सा जारीगरेको आरोप लगाएका थिए ।

 


Thali Mobile Pvt.Ltd.