घरभित्रै पसेर चितुवाको आक्रमण

घरभित्रै पसेर चितुवाको आक्रमण

काठमाडौं । पर्सामा चितुवाको आक्रमणमा परी एकजना घाइते भएका छन् । घाइते हुनेमा कुलबहादुर खत्री रहेका छन् । पर्सा राष्ट्रिय निकुञ्जबाट गाउँपसेको चितुवाले मंगलबार राति उनको घरभित्रै पसेर आक्रमण गर्दा उनी घाइते भएका हुन् ।

घरभित्रै आगोतापेर बसिरहेको अवस्थामा खत्रीलाई चितुवाले आक्रमण गरेको असई इन्दिवर चौधरीले जानकारी दिए । चितुवाले आक्रमण गरेपछि आत्तिएर होहल्ला गरेपछि चितुवा भागेको उनको भनाई छ । घाइते खत्रीको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.