भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

घुस नलिने २२ ट्राफिक प्रहरी सम्मानित

घुस नलिने २२ ट्राफिक प्रहरी सम्मानित

काठमाडौं । घुस नलिने २२ ट्राफिक प्रहरी सम्मानित भएका छन् । उनीहरूलाई महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्मान गरेका हुन् ।

बुधवार उनीहरूलाई महाशाखाले खादा, प्रमाणपत्र र रकम दिएर सम्मान गरेको हो । विभिन्न क्षेत्रमा ड्युटीमा खटिँदा उनीहरूलाई घुस दिन खोजिए पनि उनीहरूले लगेका थिएनन् ।

प्रहरी जवान राजेशबहादुर पाल, दुर्गाप्रसाद यादव, सूर्य पोखरेल, राजेशबहादुर पाल, अर्बिन्द कुमार गिरी, वासुदेव बलछौडी, अनिल महर, सुमन विक, भुवन भण्डारी, संविधान श्रेष्ठ, मीना कुमारी आचार्य, सन्तोष दाहाल, प्रकाश ढकाल, नन्द बहादुर रावल, समर्पण केसी, निरज थापा, रमेश लाल कर्ण, राकेश कुमार साह सम्मानित भएका हुन ।

 


Thali Mobile Pvt.Ltd.