भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

चा.वि. समाज दक्षिण कोरिया गठन

चा.वि. समाज दक्षिण कोरिया गठन

२७ जेठ २०७७ दक्षिण काेरिया । राेजगारीका लागि दक्षिण काेरिया पुगेका चामुण्डा विन्द्रासैनी नगरपालिका दैलेखका युवाहरूले चा.वि समाज दक्षिण काेरिया समिति गठन गरेका छन् ।

जेठ २५ गते भेला भएका उनीहरूले जिल्लामा भैपरि आउने समस्या समाधान र समाजसेवा गर्ने उदेश्यले समिति गठन गर्नु परेकाे बताएका छन् । काेराेना महामारीका बेला नेपालीहरू सजग रहन आग्रह गर्दै युवाहरूले सवै एकजुट भएर काेराेना विरूद्व लड्नु एक मात्र विकल्प रहेकाे जिकिर गरेका छन् ।

महामारीका बेला नगरापालिकालाइ सहयाेग गर्ने उदेश्यले यज्ञराज चौलागाईंकाे अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेका छन् । समितिकाे उपाध्यक्षमा चन्द्र कार्की, सचिबमा प्रबिण कुमार शाही, सह-सचीवमा धर्म शाही, कोषाध्यक्षमा राकेश खनाल, सह-कोषाध्यक्षमा महेस शाही चयन भएका छन् ।

त्यस्तै समितिकाे सदस्यहरुमा बलिराम खड्का, राजन शाही, राकेश चौलागाईं, जीवन खड्का, अनिल शाही, दीपेन्द्र शाही, जनक शाही, बिनोद शाही, भुपेन्द्र शाही, कलम खड्का र राजन कडेल रहेका छन् । छुटेका अन्य सदस्य पछि थप गर्ने गरी समितिलाइ अघि बढाउने प्रतिवद्वता व्यक्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.