भर्खरै : Sorry, your browser does not support inline SVG.
१ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति | प्रधानमन्त्री बालेनसँग मोदीको टेलिफोन संवाद, नेपाललाई सहयोग गर्ने प्रतिबद्धता | भोटेकोशी बाढीको त्रास : २२ जनाको मृत्यु, ६५ घाइते उद्धार | चीनतर्फबाट आएको बाढीमा २५ घाइते, काठमाडौंका तीन अस्पतालमा उपचार जारी | भक्तपुरमा ३८औँ कलेजो प्रत्यारोपण सफल, दाता र ग्रहणकर्ता दुवै डिस्चार्ज | बाढीपीडितको उपचारमा जुट्दै बागमती सरकार : भक्तपुरसहित तीन अस्पतालका स्वास्थ्य टोली प्रभावित क्षेत्रमा |

चार पटक प्रधानमन्त्री बनेका इटलीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको निधन

चार पटक प्रधानमन्त्री बनेका इटलीका पूर्वप्रधानमन्त्री बर्लुस्कोनीको निधन

एजेन्सी । ८६ वर्षको उमेरमा इटालीका पूर्वप्रधानमन्त्री सिल्भिओ बर्लुस्कोनीको निधन भएको छ । बर्लुस्कोनीको फोक्सोमा भएको संक्रमणका कारण सान राफेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनको निधनमा इटलीमा बुधबार राष्ट्रिय शोकको घोषणा गरिएको छ । बुधबार नै मिलान क्याथेड्रलमा अन्त्यष्टि गरिने भएको छ । अन्त्येष्टिमा हजारौं सहभागी हुने अनुमान गरिएको छ ।

बर्लुस्कोनीको निधनमा इटालियन र युरोपेली झण्डाहरु राष्ट्रब्यापी रुपमा झुकाएका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफुले एक सच्चा मित्र गुमाएको प्रतिक्रिया दिएका छन्, भने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले परिवारप्रति समवेदना प्रकट गरेका छन् । मिडिया टाइकुन समेत रहेका उनी पदमा रहँदा यौन प्रकरण र भ्रष्टाचार मुद्दाको सामना गर्नु परेको थियो । बर्लुस्कोनी चार पटक प्रधानमन्त्री समेत बनेका थिए ।

 


Thali Mobile Pvt.Ltd.