फ्रान्स । कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा चार हप्ताका लागि लकडाउन घोषणा गरिएको छ ।
राष्ट्रपति इमानुयल म्याक्रोले शनिबारदेखि देशभर चार हप्ताका लागि लकडाउन घोषणा गरेका हुन् ।
मानिसहरुलाई कार्यालयको सट्टा घरमै बसेर काम गर्न निर्देशन दिएको छ । उचित कारणविना घरबाट १० किलोमिटरभन्दा टाढा नजान भनिएको छ ।
