भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

चालु आर्थिक वर्षमा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गयो

चालु आर्थिक वर्षमा हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गयो

काठमाण्डौ । जङ्गली हात्तीको आक्रमणबाट झापामा एक वृद्धाको ज्यान गएको छ । झापाको मेचीनगर नगरपालिका–१० मा सोमबार जंगली हात्तीको आक्रमणबाट एक जना बृद्धाको मृत्यु भएको हो । हात्तीको आक्रमणबाट ८० वर्षीया पन्नादेवी साहको ज्यान गएको झापा प्रहरीले जनाएको छ ।

झापामा छ दिनअघि जङ्गलमा च्याउ टिप्न गएका हल्दिबारी गाउँपालिका–२ का ५३ वर्षीय गिरेन कर्मकारको हात्तीको आक्रमणबाट ज्यान गएको थियो । चालु आर्थिक वर्षमा मात्रै हात्तीको आक्रमणबाट आठ जनाको ज्यान गइसकेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

पूजा गर्न फूल टिप्न जाने क्रममा शाहलाई हात्तीले कुल्चेर मारेको वडा झापा प्रहरीले जनाएको छ । सिलगुढी घर भएकी शाह एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएका थिए ।

 


Thali Mobile Pvt.Ltd.