चिचर माघीको समय पकाइने महत्वपूर्ण खाना हो । यो खाना थारु समुदायको महत्वपुर्ण खानको रुपमा चिनिन्छ । पछिल्लो समय चिचरलाई पर्वमा मात्रै खान पाइने खानको रुपमा मात्रै नभई व्यवसायीक रुपमा समेत खान पाउने गरि सुरुवात गरिएको छ ।
पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं १३ स्थित सिमसार जंगल रिसोर्टटका सञ्चालक चन्द्रलाल चौधरीले आफ्नो सिर्सोटमा पुग्ने पाहुनालाई व्यवसायीक रुपमै चिचरले स्वागत गर्न थालेका हुन ।
चिचर कुनै बेला पर्वको समयमा थारु समुदायले खाने परिकार भए पनि आज भोलि सिमसार जंगल रिसोर्टको ब्रान्ड नै बनेको छ । चिचरका लागि अनदीको भन्दा अरु चामलको काम नभएको रिसोर्टका सञ्चालक चन्द्रलाल चौधरीले जानकारी दिए । उनले यसका लागि खेतमा छुट्टै धान फलाउनु पर्ने र यो धान कम उत्पादन हुने भएकाले पनि महंगो हुने गरेको बताए । घरमा खानका लागि खेतमा लगाएको अनदीले पहिले पुग्ने गरे पनि आजभोलि पाहुनाले बढी माग गर्न थालेसँगै महंगोमा किनेर पाहुनालाई चिचरले स्वागत गर्न थालेको चौधरीको भनाई छ ।
थारुहरूले विशेष महत्वका साथ खाने चिचर स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो मान्ने गरिन्छ । चिचर खानाले हाडजोर्नीमा हुने दुखाइ कम हुने भएकाले चिचरमा प्रोटिन तथा कार्बाेहाइड्रेट पनि पाइने हुनाले शरीरलाई शक्ति सञ्चय गर्ने काममा सहयोग पुर्याउँने चौधरीले जानकारी दिए । सिमसार जंगल रिसोर्टमा यसका अलवा छुट्टै प्याकेजमा माछा पोखरीमा फिसिङ, चरा अवलोकन, जंगल सफारी, जंगली जनावरका वथानहरुसंग सयर गर्दै कुमरोजको जंगलमा भएका हरेक कुरालाई अवलोकन गर्न सकिन्छ ।
चिचर पकाउने तरिका
दाउरा बालेर पाकाइएको खाने कुराको स्वाद नै अर्को हुन्छ । सबै भन्दा पहिले चिचर पकाउन चुलोमा आगो बालिन्छ । सिलेटको भाडोमा पानी भरेर तताइन्छ । त्यही भाँडोमाथि माटोको भाँडा राख्छिन्, जसको मुन्तिर प्वाल पारिएको हुन्छ । माटोको भाँडाको प्वाल छोप्न बाँसले बुनेको जाली प्रयोग गरिन्छ ।
पानी तात्न थालेसँगै पहिले नै भिजाएर रोखेको अनदीको चामल राखेर केहीबेर माटोकै ढकनले ढाकिन्छ । यसलाई चलाइ राख्न नि नपर्ने चौधरीले बताए । उनका अनुसार भाँडोमा रहेको तातो पानीको बाफकै सहायताले आधा घन्टामा चामल पाक्छ र तयार हुन्छ । त्यस्पछि आगोमा सेकाएको केराको पातमा डल्लो बनाएको चिचरलाई राखेर बाहिरबाट आगोले पनि जलाउन नसक्ने बन्धनले बाधेर आगोको गोलमा राखिन्छ ।
आगोको गोलमा राखेको आधा धण्टापछि चिचर तयार भैहाल्छ । आगोको गोलमा पोलेको चिचर विस्तारै खानका लागि अन्य कुराहरुको तयारि गरिन्छ र त्यस्पछि खाइन्छ चौधरीले भने । यसरी तयार पारेको चिचर अचार, केराको पातमा राखेर पोलिएको माछा अनि पोखरीबाट आफैले मारेको माछाको स्वादले सधै यही खाना खाइरहुँ लागिरहन्छ ।
पाहुँना आएर चिचर क्या मीठो भनेर प्रतिक्रिया दिपछि आफुले दुःख भुलेर पाहुनाको सन्तुष्टिमा खुःसीहुँदाको मज्जा नै बेग्लै हुने उनको तर्क छ । आफ्नै बारीमा फलेको कुरालाई नै प्राथमिकता दिनुपर्छ भन्दै “जे पाक्छ त्यही विक्छ”अभियानका अभियान्ता तथा भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोट भक्तपुरका सञ्चालक रामसुन्दर बकेले चिचरलाई सिमसार जंगल रिर्सोटले ब्रान्डको रुपमा विकास गर्न सुझाए ।
उनले चिचरको स्वादले गर्दा आफू जहिले पनि सिमसार जंगल रिसोर्टमा पुगिरेहने गरेको जानकारी दिए । उनले भने “म भक्तपुरबाट चिचरको स्वादले तानिएर आउँछु”। उपत्यका भन्दा बाहिर निस्किने अवसर मिलेमा चितवन नपुगी मन शान्त हुँदैन ।
सिसोर्टको वरिपरिको वातावरण पनि राम्रो भएकाले यहाँ आएका हेरेक पाहुँनालाई यो ठाउँले शान्त बनाएरै पठाउँने बकेले ठोकुवा गरे ।

भिडियाे…
