काठमाडौं । चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा आइतबार बिहान घाँस काट्नगएका नारायण दाहालको बाघको आक्रमणबाट मृत्यु भएको हो । राप्ती घाँसे मैदानमा घाँस काट्दै गर्दा उनलाई आक्रमण गरेको जनाइएको छ ।
प्रहरी, राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको टोली हात्तीसहित जंगल छिरेपछि खैरहनी नगरपालिका–१३ बैरियाका ६५ वर्षीय नारायण दाहालको बाघले आक्रमण गरेको ठाउँभन्दा १ किलोमिटर पर शव फेला परेको प्रहरीले जनाएको छ ।
