भर्खरै : Sorry, your browser does not support inline SVG.

चितुवाको आक्रमणबाट आँगनमा खेलिरहेकी बालिका घाइते

चितुवाको आक्रमणबाट आँगनमा खेलिरहेकी बालिका घाइते

तनहुँ । एक बालिका तनहुँमा चितुवाको आक्रमणबाट घाइते भएकी छन् । शनिबार प्रनिशा गौलीमाथि चितुवाले आक्रमण गरेको हो । जिल्लाको आबुखैरेनी गाउँपालिका–१ बरादीमा प्रेमराज गौलीकी ६ वर्षीया छोरी प्रनिशा गौलीलाई चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइते प्रनिशाको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र सत्र सयमा प्राथमिक उपचारपछि थप उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर चितवनमा पठाइएको छ । शनिबार साँझ आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा चितुवा आक्रमण गरी घरदेखि अन्दाजी १० मिटर पर लगेको थियो । तर बुवा प्रेमराजले थाहा पाई उनलाई तत्कालै उद्धार गरेका थिए ।

 


Thali Mobile Pvt.Ltd.