काठमाडौं । चीनका रक्षामन्त्री तथा स्टेट काउन्सिलर वेई फेङही आइतबार एकदिने भ्रमणका लागि नेपाल आउने भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग औपचारिक भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले प्रधान सेनापति पूर्णचन्द्र थापालाई पनि भेट कार्यक्रम तय गरिएको छ ।
चिनियाँ रक्षामन्त्रीको आगमनलाई विशेष चासोका साथ हेरिएको छ । भ्रमण सकेर उनी आइतबार नै फर्कने बताईएको छ ।
