भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

चिसो अझै बढ्ने

चिसो अझै बढ्ने

काठमाण्डौ । काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । यो बिहान ६ बजे मापन गरिएको न्यूनतम तापक्रम हो । मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे र पौने ९ बजे न्यूनतम तापक्रम मापन गर्दै आएको छ । चिसो बढेकाले पौने ९ बजेको मापनमा न्यूनतम तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।

हिजो काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ३ डिग्री सेल्सियस थियो । काठमाण्डौसहित देशका धेरै ठाउँमा लगातार चिसो बढ्दै गएको छ । अहिले देशका धेरै ठाउँमा हुस्सु, कुहिरो लागेको छ । पहाडी क्षेत्रको मौसम आज आंशिक बद्ली हुने छ भने तराईका जिल्लामा दिउँसोको समयमा मौसम सफा रहने सम्भावना छ ।

यस्तै, काठमाण्डौमा पनि आज घाम लाग्ने अनुमान गरिएको छ । भोलिदेखि भने पश्चिमी वायुसँगै आउने पश्चिमी न्यूनचापीय प्रणालीका कारण सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली भइ त्यस क्षेत्रका उच्च पहाडी तथा हिमाली जिल्लाका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो ।

यो प्रणालीका कारण आउँदो दिनमा तापक्रम अझै घट्ने उहाँको भनाइ छ । पर्सि शनिवार बेलुकादेखि मौसम बिस्तारै खुल्दै जाने मौसमविद्ले बताएका छन् । यो मौसमी प्रणालीका कारण पर्वतारोहण तथा यात्रा लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन पनि मौसमविद्ले सुझाव लिएका छन्।

 


Thali Mobile Pvt.Ltd.