भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

चीनको सीमावर्ती क्षेत्रका समुदाय नेपाली बजारमा निर्भर हुँदै

चीनको सीमावर्ती क्षेत्रका समुदाय नेपाली बजारमा निर्भर हुँदै

फुङलिङ । तीन वर्ष अगाडि चीनको सीमावर्ती क्षेत्रमा नेपाली सामग्री पाउन मुस्किल हुन्थ्यो । चीनका सामग्री मात्र पाइने गदथ्र्यो तर आजभोलि ती क्षेत्रमा चिनीयाँ सामग्री पाउन छोडेको छ । ताप्लेजुङको उत्तरी क्षेत्र फक्ताङलुङ–७ गाउँपालिकाको ओलाङचुङ्गोला, याङमा, घुन्सा क्षेत्रहरुमा विगतदेखि नै चीनको बजारमा निर्भर हुँदै आएको छ । कोभिड—१९ का कारणले यी सीमा क्षेत्रका समुदाय यतिबेला नेपाली बजारमा निर्भर हुँदै गएको छ ।

चीन र नेपालको व्यापारिक केन्द्र ओलाङचुङ्गोला हो । दुई वर्ष अगाडि प्रत्येक पसलमा पाइने चीनका खाद्य तथा लत्ताकपडालगायतका आवश्यक सामग्री अहिले पाइँदैन । कोभिडको कारण दुई वर्षदेखि ओलाङचुङ्गोला क्षेत्रका टिप्ताला नाका बन्द हँुदा चीनबाट सामग्री निर्यातमा रोक्का भएपछि नेपाली बजामा निर्भर हुन बाध्य भएको स्थानीय व्यापारी बङ्ग्या शेर्पाले बताए ।

ओलाङचुङ्गोलामा भोटे समुदायको ५३ घर परिवार बसोवास गर्दै आएको छ भने १० घर याङमा गाउँमा बसोवास गरेको छ । यी प्रत्येक घरमा चीनका खाद्य सामग्रीदेखि अन्य आवश्यक सामग्री पाइने गरेकामा अहिले नभएको स्थानीयवासी नुपु शेर्पाले बताउनुभयो । चीनको व्यापारिक केन्द्र भएकाले ओलाचुङगोलामा चीनका सामग्रीको बजार विगतमा राम्रो खपत हुने गर्थो ।

गोला हुँदै ताप्लेजुङ जिल्लाका विभिन्न क्षेत्रमा चीनको सामग्री पुग्थ्यो । व्यापारीहरु गोला पुगेर चिनीयाँ सामान लिएर जाने गरेको शेर्पाले बताउनुयो । कोभिडका कारणले नाका बन्द भएपछि चीनको सामग्री आयात हुन नसक्दा चिनीयाँ सामग्री अभाव भएको स्थानीय बासिन्दाको भनाइ छ ।

नाका बन्द भएपछि चीनबाट आवश्यक सामग्री आयात नहुँदा सीमा क्षेत्रका बासिन्दालाई समस्या भएको याङ्मा गाउँका ठावा शेर्पाले बताउनुभयो । नेपाली खाद्य सामग्री हिमाली क्षेत्रमा पु¥याउन निकै खर्च लाग्ने उहाँले बताउनुभो । चीनबाट टिप्ताला नाका हँुदै आलाङचुङगोलामा सामग्री ल्याउँदा सस्तो पर्ने उहाँको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.