भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

चीनले पाकिस्तानमा १२ सय मेगावाट क्षमताको परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने

चीनले पाकिस्तानमा १२ सय मेगावाट क्षमताको परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने

काठमाण्डौ । चीनले पाकिस्तानमा १२ सय मेगावाट क्षमताको परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने भएको छ  । चीन र पाकिस्तानबीच परमाणु ऊर्जा केन्द्र स्थापना गर्ने सम्झौता भएको हो । चाइना नेसनल न्युक्लियर कर्पोरेसन ओभरसिज लिमिटेड र पाकिस्तान अटोमेटिक इनर्जी कमिसन बीच सम्झौता भएको हो । प्रधानमन्त्री शरिफले पाकिस्तान र चीनबीचको सम्बन्ध बलियो हुँदै गएको पनि दाबी गरेका छन् ।

चीनले बेल्ट एन्ड रोड इनिसिटिभ प्रोजेक्टअन्तर्गत पाकिस्तानलाई ६५ अर्ब डलर सहयोग गर्ने पनि जनाएको छ  । पाकिस्तानले पछिल्लो समय आर्थिक संकट झेलिरहेको छ ।
उर्जा केन्द्र पाकिस्तानको पञ्जाब प्रान्तमा स्थापना हुने छ । सम्झौता अनुसार चाँडै काम सुरु हुने पाकिस्तानका प्रधानमन्त्री सहबाज शरिफले बताउनुभएको रोयटर्सले जनाएको छ । परमाणु केन्द्रका लागि चीनले चार अर्ब ८० करोड अर्ब अमेरिकी डलर लगानी गर्ने छ  ।

 

 


Thali Mobile Pvt.Ltd.