भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

चुनावको मुखैमा उच्च सुरक्षासाथ भारतीय प्रधानमन्त्री लुम्बिनी आउँदै

चुनावको मुखैमा उच्च सुरक्षासाथ भारतीय प्रधानमन्त्री लुम्बिनी आउँदै

बुटवल । पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजन्मस्थल लुम्बिनीमा आउँदै छन् । जेठ २ गते २५६६ औं बुद्धजयन्तीको अवसर पारेर मोदी लुम्बिनी आउने कार्यक्रम छ । सन् २०१४ मा मोदी लुम्बिनी आउने कार्यक्रम तय भएको थियो तर मुक्तिनाथ पुगेर फर्केका थिए ।

लुम्बिनी आउने भएपछि त्यस क्षेत्रकोे सुरक्षा सतर्कता बताइएको छ । मोदीको सुरक्षामा ३० जना भारतीय स्पेशल प्रोटेक्सन गार्ड बुधबार नै लुम्बिनी पुगिसकेका छन् । भारतीय वायु सेनाको विमानमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा उनीहरुको अवतरण भएको थियो ।

नेपाली र भारतीय सुरक्षाकर्मीको टोलीले अहिले संयुक्त गस्ती सुरु गरिसेकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख, एसपी रेवीन्द्र रेग्मीले बताए । मोदीको स्वागतका लागि लुम्बिनी विकास कोषले तयारी तीव्र बनाएको छ ।

मोदीलाई लुम्बिनी अवतरणका लागि ४ वटा हेलिप्याडको निर्माण, स्वागतद्वारलगायतका कामहरू अन्तिम चरणमा पुगेको २५६६औं बुद्धजयन्ती मूल समारोहका प्रचार संयोजक सिद्धिचरण भट्टराईले बताए ।

जेठ २ गते बिहान ११ बजे लुम्बिनी आउने कार्यक्रम तय भएकाले उनी दिल्लीबाट कुशीनगर झरेर त्यहाँबाट ४ वटा हेलिकप्टर प्रयोग गरेर सोझै लुम्बिनी आउने कार्यक्रम छ ।

मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गर्ने छन् भने मोदीले मायादेवी मन्दिर दर्शन र बौद्ध बिहारको शिलान्यास गर्ने कार्यक्रम रहेको कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए ।

 


Thali Mobile Pvt.Ltd.