जीप दुर्घटना हुँदा ५ जना घाइते

जीप दुर्घटना हुँदा ५ जना घाइते

धनगढी । डोटीमा स्कारपीयो जीप दुर्घटना हुँदा ६ वर्षीय बालकसहित पाँच जना घाइते भएका छन् ।

जोरायल गाउँपालिका २ को रुवसकाँडामा डडेल्धुराबाट धनगढीतर्फ आउँदै गरेको प्रदेश नम्बर ०३०१ ०२४ च ९१३८ नम्बरको जीप दुर्घटना हुँदा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा डडेल्धुराको अमरगढी नगरपालिका ८ बस्ने ६ वर्षीय अंकित भण्डारी, १८ वर्षीय चित्रा ओझा, अमरगढी घर भई धनगढी ५ बस्ने ३२ वर्षीय खगेश्वरी ओझा घाइते भएका छन् ।

यस्तै, चालक अमरगढी नगरपालिका ७ बस्ने २४ वर्षीय मीनबहादुर ऐर र स्कारपीयोमा सवार कैलालीको गौरीगंगा नगरपालिका २२ वर्षीय जीवन चौधरी पनि घाइते भएका छन् ।

 


Thali Mobile Pvt.Ltd.