भर्खरै : Sorry, your browser does not support inline SVG.
कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह | भोटेकोशी बाढीको भयावह विवरण : ७३४ शव फेला, २ हजार ४८९ जना अझै बेपत्ता | त्रिशूलीको बाढीले कृष्णभिरमा सडक कटान, काठमाडौं–मुग्लिन सडक पूर्णरुपमा बन्द | केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद |

छत्रकोट र सत्यवतीमा एमाले विजयी

छत्रकोट र सत्यवतीमा एमाले विजयी

तम्घास । गुल्मीको छत्रकोट गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेको तर्फबाट रामप्रसाद पाण्डेले छ हजार ५८६ मत प्राप्त गरी निर्वाचित हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अनन्तराम पौडेलले पाँच हजार ९४५ मत प्राप्त गर्नुभयो ।उपाध्यक्षमा एमालेकै सावित्रा ज्ञवालीले छ हजार ४७२ मतसहित निर्वाचित हुनुभयो भने उहाँको निकटम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका गुमान सिंह पुन मगरले पाँच हजार १२४ मत ल्याउनुभयो । छत्रकोटमा एमालेविरुद्ध पाँच दलीय गठबन्धन थियो । पालिकाकाको छ वटा वडामध्ये वडा नम्बर १, २ र ५ कांग्रेसले जितेको छ भने ३, ४ र ६ मा एमालेले जितेको छ ।

यसैगरी सत्यवती गाउँपालिकामा एमालेकै टिकाराम पाण्डे अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले छ हजार २६७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका पाँच हजार ६११ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेकै निरमाया पुन छ हजार २२४ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तेजकुमारी थापाले पाँच हजार ५६१ मत ल्याउनुभयो । सत्यवतीका आठवटा वडामध्ये पाँचमा एमाले, दुईमा कांग्रेस र एक वडामा माओवादी केन्द्रले वडाध्यक्ष जितेका छन् ।

 


Thali Mobile Pvt.Ltd.