भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

छांगरु र तिंकरका सुरक्षाकर्मी त्रिपालमुनि

छांगरु र तिंकरका सुरक्षाकर्मी त्रिपालमुनि

१ साउन २०७७ दार्चुला । यस क्षेत्रमा खटिएका प्रहरी त्रिपालमुनी बसेर काम गर्न बाध्य छन् । व्यास गाउँपलिका–१ छांगरु र सीमा प्रहरी चौकी तिंकरस्थित छायालेक प्रहरी त्रिपालमुनी बसेर काम गर्न बाध्य छन् । सीमा प्रहरी चौकी तिंकर छायालेकमा रहेको नेपाल प्रहरीले चीन सीमासम्म गस्ती गर्छन् ।

नेपाल चीन सीमा स्तम्भ नम्बर १ सम्म नेपाल प्रहरीको साप्ताहिक रुपमा गस्ती भइरहेको सीमा प्रहरी चौकी छायालेक तिंकरका इञ्चार्ज हरकसिंह महताले बताए । छायालेकबाट तिंकर भञ्जाङमा रहेको सीमास्तम्भसम्म पुग्न ४ देखि ६ घण्टाको उकालो हिड्नुपर्छ ।

अप्ठ्यारो ठाउँ भए पनि कार्य क्षेत्रभित्रको सीमा स्तम्भ भएको कारण बेला बेलामा पुग्ने गरेको सुरक्षाकर्मी बताउँछन् ।

 


Thali Mobile Pvt.Ltd.