भर्खरै : Sorry, your browser does not support inline SVG.
दोलखामा बाढीले एक जना बेपत्ता, भीरमा फसेका चार जनाको उद्धार प्रयास जारी | इरानसँगको युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च, थप ८७ अर्ब डलर बजेट माग | कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम बढ्ने | कर्णाली विकासलाई तीव्रता दिन सरकार प्रतिबद्ध : सांसद रमेश सापकोटा | चौतर्फी विरोधपछि शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता | अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो | सिक्किमको टिस्टा जलविद्युत् आयोजनामा पहिरोको कहर, ८ जनाको मृत्यु; सुरुङभित्र १९ मजदुर फसेको आशंका | वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा प्रक्रिया अब सहज, रकम सिधै बैंक खातामा जम्मा हुने |

छुटृाछुटृै सडक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

छुटृाछुटृै सडक दुर्घटनामा एकको मृत्यु, दुई घाइते

दमक, । झापाको गौरादह– १ स्थित भित्रीपक्की सडकमा सवारी साधान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उक्त सडकको दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ त  ७६८७ नं को ट्र्याक्टरबाट लडेर कन्काई नगरपालिका–६ का ४० वर्षीय गङ्गाबहादुर तामाङको मुत्यु भएको हो । गएराति भएको सो दुर्घटनाका घाइते तामाङको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा राति ९ बजे मृत्यु भएको गौरादहस्थित ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ट्र्याक्टर चालक डम्बरबहादुर कार्कीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

त्यसैगरी पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमकमा मे ७ प ७०१० नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सो मोटरसाइकलका चालक शिवसताक्षी–७ का ६५ वर्षीय अम्बिका अधिकारी र पछाडि सवार ६३ वर्षीय कृष्णप्रसाद गौतम घाइते भएका र उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ । सिटी सफारीलाई जोगाउने क्रममा सो मोटरसाइकल दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.