भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीको भयावह विवरण : ७३४ शव फेला, २ हजार ४८९ जना अझै बेपत्ता | त्रिशूलीको बाढीले कृष्णभिरमा सडक कटान, काठमाडौं–मुग्लिन सडक पूर्णरुपमा बन्द | केरुङमा भीषण पहिरो : ७ जनाको मृत्यु, ५५४ जना अझै बेपत्ता | आज पनि बाढीको जोखिम कायमै : भोटेकोसी–त्रिशूलीमा उच्च सतर्कता, यी जिल्लामा बढ्न सक्छ बहाव | क्यान्सरका बिरामीलाई झट्का : सिस्प्लाटिन र कार्बोप्लाटिन तीन महिनादेखि बजारमै अभाव | बाढीले बगाएको बैंकको सेफ फोडेर पैसा निकाल्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद | रसुवा बाढीको कहर : मृतकको संख्या ६१६ पुग्यो, चितवनमा मात्रै २३३ शव फेला | भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह |

जसपा अध्यक्ष यादव र डा कोइरालाद्वारा मतदान

जसपा अध्यक्ष यादव र डा कोइरालाद्वारा मतदान

मोरङ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले विराटनगर महानगरपालिका–१४ स्थित विज्ञान सङ्काय स्नातकोत्तर क्याम्पस मतदान केन्द्रमा आज मतदान गर्नुभयो ।यसैगरी नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय डा शेखर कोइराला र सुजाता कोइरालाले विराटनगर–७ स्थित आदर्श माध्यमिक विद्यालय केन्द्रमा मतदान गर्नुभएको छ । यस्तै कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले विराटनगर–१० स्थित भानु आधारभूत विद्यालयमा मतदान गर्नु भएको छ ।

त्यस्तै कांग्रेसका विराटनगर महानगरपालिकामा प्रमुखका उम्मेदवार नागेश कोइराला, राप्रपाका प्रमुखका उम्मेदवार प्रल्हादप्रसाद साहले विराटनगरको सरस्वती उच्च मावि मतदान केन्द्रमा मतदान गर्नुभएको छ । नेकपा ९एमाले०का प्रमुखका उम्मेदवार सागर थापाले विराटनगर–४ स्थित आधारभूत विद्यालयमा मतदान गर्नुभएको छ ।विराटनगर महानगरपालिका निवर्तमान प्रमुख भीम पराजुलीले पूर्वाञ्चाल विद्यालय इञ्जिनीयरिङ क्याम्पस मतदान केन्द्रमा मतदान गर्नुभएको छ । यसैगरी एमाले उपप्रमुख पदकी उम्मेदवार शिल्पा निराला कार्कीले विराटनगर–११ जनपथ उच्च मावि, जसपाका उपप्रमुख पदका उम्मेदवार अमरेन्द्र यादवले विज्ञान सङ्काय स्नातकोत्तर क्याम्पसमा मतदान गर्नु भएको छ ।

 


Thali Mobile Pvt.Ltd.