भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

जाजरकोटमा ९ को शव भेटियो, प्रचण्डसहित ६ जना अझै बेपत्ता

जाजरकोटमा ९ को शव भेटियो, प्रचण्डसहित ६ जना अझै बेपत्ता

२८ असार २०७७ जाजरकोट । पहिरोमा परी बेपत्ता भएका ९ जनाको शव भेटिएको छ । ६ जना अझै बेपत्ता रहेको जाजरकोटका डीएसपी किशोर श्रेष्ठले बताए । बेपत्तामध्ये ७ जनाको शव शुक्रबार भेटिएको थियो भने शनिबार थप दुई जनाको भेटिएको हो ।

बारेकोट गाउँपालिका–४, सार्कीगाउँका कल्लु सार्की र उनका ६ वर्षका छोरा सुवास सार्कीको शव शनिवार फेला परेको डीएसपी श्रेष्ठले बताए । बारेकोट गाउँपालिका–४ का ५२ वर्षीय गोपाल सार्की, उनको ११ वर्षका छोरा अर्जुन सार्की र १४ वर्षीया छोरी तिर्खा सार्की र कलुको घरमा पाहुन आएका कुशे गाउँपालिका–९ का २० वर्षीया डिल्ली सार्की, १४ वर्षीकी गौरी, १६ वर्षकी कविता र १८ वर्षका वीरेन्द्र सार्कीको शव शुक्रवार भेटिएको थियो ।

बिहीबार रातिको पहिरोले घर बगाउँदा १२ जना बेपत्ता भएका थिए । स्थानीय खोलामा बगेका बारेकोट– ६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने अझै भेटिएका छैनन् । जुनिचाँदे गाउँपालिका–१ का डिल्ली चुनारा पनि बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.