भर्खरै : Sorry, your browser does not support inline SVG.
स्वास्थ्य मन्त्रालयमा यौन दुर्व्यवहारविरुद्ध कडा आचारसंहिता, उजुरी परेको ७ दिनभित्र छानबिन गर्नुपर्ने | घुस लिएको भिडियो सार्वजनिक भएपछि बाँकेका दुई ट्राफिक प्रहरी निलम्बित | दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन किसानको माग, उत्पादन लागत बढेको गुनासो | बोडेको होल्डिङ सेन्टरमा सुकुमबासीलाई खाना खान रोक, सडकमै बसेर भोजन गर्न बाध्य | न्युजिल्यान्डमा त्रिशङ्कु संसद् : सरकार बनाउन प्रधानमन्त्री लक्सनलाई सात सिटे दलको साथ चाहिने | रविपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री बालेन, भारत भ्रमणबारे दिए जानकारी | पूर्वमन्त्री मातृका यादवका नाति ठगी आरोपमा पक्राउ, १३ लाख ७० हजारभन्दा बढी रकम लिएको जाहेरी | अमेरिकामा शक्तिशाली आँधीको वितण्डा : ९ लाखभन्दा बढी घरमा विद्युत् अवरुद्ध, हजारौँ उडान प्रभावित |

जापानमा ७.६ को शक्तिशाली भूकम्प, ३ मिटर उचाइको सुनामी चेतावनी

जापानमा ७.६ को शक्तिशाली भूकम्प, ३ मिटर उचाइको सुनामी चेतावनी

एजेन्सी। जापानको उत्तर–पूर्वी तटीय क्षेत्रमा सोमबार राति गएको ७.६ म्याग्निच्यूडको शक्तिशाली भूकम्पपछि अधिकतम ३ मिटर उचाइको सुनामी आउन सक्ने भन्दै उच्च सतर्कता जारी गरिएको छ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प राति ११:१५ बजे गएको हो। भूकम्पको केन्द्र आओमोरी प्रिफेक्चरको तटदेखि करिब ८० किलोमिटर टाढा र ५० किलोमिटर गहिराइमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ।

धक्का अत्यन्त शक्तिशाली भएकाले जापानको उत्तर र पूर्वका कैयौँ क्षेत्रहरूमा स्पष्ट रूपमा कम्पन महसुस गरिएको थियो।

जापानी सार्वजनिक प्रसारक एनएचके का अनुसार होक्काइडो, आओमोरी र इवाते प्रिफेक्चरमा सुनामी चेतावनी जारी गरिएको छ। त्यस्तै मियागी तथा फुकुशिमा क्षेत्रमा सुनामी परामर्श जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई समुद्रकिनाराबाट टाढा रहन र उच्च स्थानतर्फ सारिन आग्रह गरिएको छ।

जापान भौगोलिक रूपमा भूकम्पीय जोखिमको उच्च क्षेत्र भएकाले त्यहाँ यस्ता शक्तिशाली भूकम्प सामान्य मानिन्छ। सम्भावित क्षति न्यूनीकरणका लागि अधिकारीहरूले तत्कालै राहत–उद्धार संयन्त्र उच्च सतर्कतामा राखेका छन्।

 


Thali Mobile Pvt.Ltd.