जुन वेई, जसले अमेरिकी गोप्य सूचना पत्तालगाए

जुन वेई, जसले अमेरिकी गोप्य सूचना पत्तालगाए

सन् २०१५ मा भर्खर विद्यावारिधि गर्न थालेका छात्र जुन वेई येओको अनुसन्धान चीनको विदेशनीतिसँग सम्बन्ध राख्थ्यो । जसको अध्यनले उदाउँदो महाशक्ति चीनले कसरी विश्वमा प्रभाव पार्छ भन्नेकुराको प्रत्यक्ष जान्ने अवसर पाउँदै थिए ।चिनियाँ प्रबुद्ध मण्डलका लागि काम गर्ने प्राज्ञिक व्यक्तिहरूसँग जव उनको भेट भयो ।

उनीहरूसंगको भेटले उनलाई अगाडि बढ्न निकै उत्साह र पैसा पाउने तरिका थाह भयो । राजनीतिक प्रतिवेदन तथा सूचना उपलब्ध गराए पैसा मिल्नेमा विश्वस्त भए । उनले यो कुरा थाहा पाउदा सम्म अमेरिकी गुप्तचर निकायका प्रमुखको नजरमा चीन सबैभन्दा ठूलो खतराु रहेको थियो । प्राज्ञिक संग नजिक नजिक हुदै जाँदा उनले सुरुमा दक्षिणपूर्वी एशियाका देशमा ध्यान दिने जिम्मा मिल्यो ।

सुचना उपलब्ध गर्दै जाँदा पछि उनको रुचि अमेरिका तर्फ केन्द्रीत भयो । प्राज्ञिक पनि त्यहि चाहन्थ्ये । प्राज्ञिकहरु चिनियाँ गुप्तचर भएको उनले पत्ता लगाए । प्राज्ञिकसंगको सम्बन्धले उनीपनि गुप्तचर बने । यसरी चिनियाँ गुप्तचर बनेपछि डिक्सनले नेटवर्किङ साइट लिङ्क्ड्‌इन प्रयोग गर्न थाले। एउटा नक्कली परामर्शदातृ कम्पनीको नाम प्रयोग गरेर आफूलाई जिज्ञासु प्राज्ञका रूपमा प्रस्तुत गर्दै उनी अमेरिकी सूत्रहरूलाई आफ्नो पंजामा पार्न सफल भए ।

अमेरिका र चीनबीच तनाव चुलिँदा गएको थियो । अमेरिकाका गोप्य सूचना चीनले कसरी थाहा पाउन थाल्यो ? अमेरिका पनि खोज्न थाल्यो । पाँच वर्षपछि गत साता वाशिङ्टनले चिनियाँ गुप्तचरविरुद्ध कारबाही थाल्यो । यतिबेला सम्म चीनले निकै ठूलो फड्को मारिसकेको थियो । खोज्दै जाँदा येओ पनि समातिए । अदालतको वयानमा आफू “अवैध चर” भएको स्वीकारे। उनन्चालीस वर्षीय येओलाई १० वर्षसम्म जेल सजाय हुनसक्ने अमेरिकी अधिकारी बताउछन् ।

सिङ्गापुरस्थित ली कुआन यू स्कूल अफ पब्लिक पलिसीका भूतपूर्व विद्यार्थीहरू येओ गुप्तचर भएको समाचार सुनेर भावुक भएका छन् । एशियाका शीर्षस्थ प्रशासक र सरकारी कर्मचारीहरूलाई प्रशिक्षण दिने सस्थाका एक सहपाठीले येओ फुर्तिला छात्र र निकै बुद्धिमान व्यक्ति भएको बताए। येओ विशिष्ट व्यक्ति थिए । येओको विद्यावारिधिका लागि अमेरिकी प्राध्यापक हुआङ जिङ सुपरिवेक्षक थिए । उनलाई विदेशी गुप्तचर भएको आरोपमा सन् २०१७ मा सिङ्गापुरले निष्काशन गरिदियो ।

सिङ्गापुरबाट निष्काशित भएपछि उनले केही समय वाशिङ्टन डीसीमा काम गरे। येओले अभियोग स्वीकारेपछि अदालतले प्रकाशित गरेको दस्तावेजमा उनले चीनका विभिन्न स्थानमा दर्जनौँ पटक आफूलाई परिचालित गर्ने गुप्तचरहरूसँग भेट गरेको उल्लेख छ । एउटा भेटका क्रममा उनलाई अमेरिकाको वाणिज्य मन्त्रालय, आर्टफिशल इन्टेलिजन्स र अमेरिका चीन व्यापार युद्धबारे सूचना सङ्कलन गर्न भनिएको थियो ।

येओलाई आफूले चिनियाँ गुप्तचर निकायका लागि काम गरिरहेको विषय थाहा थियो भन्ने कुरामा आफूलाई सन्देह नभएको सिङ्गापुरका भूतपूर्व विदेशसचिव सचिव बिलहारी बताउँछन् । येओले लिङ्क्ड्‌इनको प्रयोग गरेर महत्त्वपूर्ण सम्पर्कसूत्रहरू बनाए । अहिले संसारभरि ७० करोडभन्दा बढी मानिसले व्यावसायिक प्रयोजनका लागि यो सञ्जाल प्रयोग गरेकाे पाइएकाे छ ।

अमेरिकी सेनासँग सम्बन्धित व्यक्तिसँग येओले सम्पर्क बढाए । उनले भेटेका व्यक्तिमध्ये एक जनाले यूएस एअरफोर्सको एफ-३५ फाइटर जेट प्रोग्र्याममा काम गरेका थिए । जसले गर्दा त्यस्ता व्यक्ति खोज्न येओलाई लिङ्क्ड्इनको एल्गरिदम सहायक सिद्ध भयो । उनले लिङ्क्ड्‌इन खोलेपिच्छे उस्तै पृष्ठिभूमिका मानिसहरू भेट्न थाले । अमेरिकी सैन्य अधिकारीहरूसँग सूचना पाउने स्थायी माध्यम पाए । सिङ्गापुरबाट अमेरिका गएका उनी पाँच वर्षपछि त्यहाँ पक्राउ परे।एजेन्सी

 


Thali Mobile Pvt.Ltd.