१६ श्रावण २०७७ काठमाडौँ । कोरोना संक्रमितहरु सहजै उपत्यका भित्रिन थालेका छन । नगर विकास कोषको बैठकमा सहभागी हुन सोमबार काठमाडौं आएका विरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी कार्यक्रममा सहभागि भए । बैठकमा बुटवल, पोखरा, वीरगन्ज, दमक, कैलाली, धुलिखेललगायत स्थानीय तहका जनप्रतिनिधिको सहभागीता रहेको थियो ।
कार्यक्रमै स्वास्थ्य अवस्था असामान्य भएपछि ललितपुरको मेडिसिटी अस्पतालमा चेक गराउदा चिकित्सकले ज्वरो कम गराउन एन्टिबायोटिक दिएर आराम गर्न पठायो । औषधि खाए ज्वरो निको भयो । ललितपुरस्थित छोरीको अपार्टमेन्टमा आराम गरेर बसिरहेको उनको पीसीआर रिपोर्ट पोजिटिभ आयो । आराम गरिरहेकै बेला ईडीसीडीका कर्मचारीले बिहीबार उनलाई फोन गरे । अहिले तपाईको स्वास्थ्य अवस्था कस्तो छ ? तपाईको स्थायी ठेगाना र काठमाडौं आएको कति दिन भयो ? भेटघाट कहाँ कहाँ गर्नु भयो ? डिटेल जानकारी फोनबाटै लिए ।
फोनमा जानकारी लिएपछि रिर्पोटसंग मेला खायो र ती कर्मचारीले ‘अब तपाई काठमाडौं बाहिर नजानु होला’ भनेपछि उनी अलमलिए ।मेयर सरावगीलाई कोरोना संक्रमण भएको रहेछ । उनले आफूलाई संक्रमण देखिएको बिहीबारै सार्वजनिक गरे र अहिले उपचारार्थ रहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । त्यस्तै वीरगन्जबाट गाडी रिजर्भ गरेर पेन्सन बनाउन आएका शिक्षक शनिबार काठमाडौं आए । नागढुंगा नाकामा स्वाब संकलन गरियो । पेन्सनपट्टा बनाउन उनीसहित तीन जना आएका थिए ।
कुलेश्वरस्थित आफन्तकहाँ बसेर छाउनीमा पेन्सनपट्टा बनाए । मंगलबारसम्ममा सबैकाम सकाए फर्किनै लाग्दा तीनै जनाको रिपोछ पोजेटिभ आएको जानकारी पाए र उपचारका लागि अस्पता जान तयारी गर्नु भनेपछि उनीहरु रोकीए ।
भारत सीतामढीबाट काठमाडौं आएकी २४ वर्षीया युवतीलाई पनि कोरोना देखियो । उनी लकडाउन खुकुलो भएसँगै काठमाडौं आएकी थिइन् । भाइलाई ज्वरो र खोकी हुनुका साथै जीउ र घाँटी दुख्ने समस्या देखिएपछि परीक्षण गराए । रिपोर्ट पोजिटिभ आयो ।
ट्रेसिङमा परिवारका थप तीन जनाको पनि पोजिटिभ देखियो । त्यस्तै वीरगन्जबाट एक महिला उपचारका लागि ललितपुर ताल्सिखेल आएकी उनको रिर्पोट पनि रिपोर्ट पोजिटिभ आयो । छोराको पीसीआर गर्दा उनलाई पनि पोजिटिभ देखियो । ट्रेसिङमा परिवारका ५ वर्षीय बालक, १० वर्षीया बालिका, ३९ वर्षीया महिला र २ वर्षीय बालकलाई पनि कोरोना देखियो । यसरी उपत्यकाबाहिरबाट आएका एक जनाले गर्दा परिवारका अरू सदस्यलाई पनि सरिरहेको देखिएको छ ।
‘लकडाउन खुलेपछि बाहिरबाट काठमाडौं उपत्यका आउने कतिपय व्यक्तिमा कोरोना देखिएको र ट्रेसिङ गर्दा उनीहरूको सम्पर्कमा आएका अरूमा पनि संक्रमण फेला परेको ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तमकुमार कोइरालाले बताएका छन् । कार्यालयको काम, व्यापार, बैठक, भेटघाट भन्दै बाहिरबाट हुरहुर्ती उपत्यका छिर्नेहरू बढेको र तीनीहरुमध्य धेरैमा कोरोना संक्रमण देखिएको उनको भनाई छ । उपत्यका प्रवेश गर्ने मध्य सैलुनमा काम गर्ने व्यक्ति, ड्राभइर, मजदुर, व्यापारीदेखि जनप्रतिनिधिसम्मको स्वाब काठमाडौंमा परीक्षण गर्दा कोरोना देखिएको बताएका छन् । वीरगन्जबाट आएकाहरुमा बढी कोरोना पोजेटिभ देखिएको छ ।
त्यसपछि विराटनगर, बारा, सप्तरी, सर्लाही, महोत्तरीका रहेका छन् । संक्रमित प्रहरीमध्ये एक जना १४ दिनअघि विराटनगरबाट आएका थिए । अहिले प्रहरी प्रधान कार्यालयमा ४० भन्दा बढी संक्रमित छन् । नाकामा लिएको रिपोर्ट आउन थालेसँगै उपत्यकामा संक्रमितको संख्या बढिरहेको छ । काठमाडौं उपत्यकामा साउन ९ देखि १४ सम्म १ सय २८ जना संक्रमित देखिएका ईडीसीडीले जनाएको छ । यो बीचमा उपत्यका प्रवेश गरेका ३६ जनामा कोरोना देखिएको हो । ती ३६ संक्रमितमध्ये ११ जना भारतबाट आएका हुन् भने बाँकी उपत्यकाबाहिरबाट आएका व्यक्ति रहेको ईडीसीडीले जनाएको छ ।
पछिल्लो समय घरबेटीको दबाब र काममा आउनेलाई कार्यालयले पीसीआर गर्न पठाउने गरेकाले कोरोना पोजिटिभहरू पत्ता लाग्न थालेको हो । पोजिटिभ देखिएका प्रायःले आफ्नै खर्चमा पीसीआर गरेका छन् । यता सरकारले काठमाडौं उपत्यकामा प्रवेश गर्ने नागढुंगा, साँगा र फर्पिङ नाकामा पनि स्वाब संकलन सुरु गरेको छ ।
३ हजार ४ सय ७३ जनाको नमुना परीक्षण हुँदा २४ जनामा पोजिटिभ देखिएको छ । साँगा नाका हुँदै आएका ४ सय ३० जना मध्य ११ जनामा कोरोना पोजिटिभ देखिएको छ । फर्पिङ हुँदै आउने ७ सय ४१ जनामा १० जनामा कोरोना पोजेटिभ र नागढुंगा हुँदै आउने २ हजार ३ सय २ जनामा ३ जनामा कोरोना देखिएको छ ।
