भर्खरै : Sorry, your browser does not support inline SVG.

जुम्लाका चार जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि आकस्मिक बाहेक प्रतिष्ठानका सबै सेवा बन्द

जुम्लाका चार जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि आकस्मिक बाहेक प्रतिष्ठानका सबै सेवा बन्द

१० असार २०७७ जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत चार जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । प्रतिष्ठानमा मंगलबार राति भएको पीसीआर परीक्षणमा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्यकर्मी क्वारेन्टाइ र आइसोलेसनमा रहका नागरिकको रेखदेखमा खटिएका थिए ।संक्रमण देखिएपछि प्रतिष्ठानमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र अन्य कर्मचारीको पीसीआर परीक्षण गरिने प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावल कैलाश खबरलाई बताए ।

आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिदै उनले अर्को सूचना जारी नभएसम्म नागरिकमा पर्न गएको असुविधा प्रति क्षेमा मागे ।

 


Thali Mobile Pvt.Ltd.