भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

जेठ १७ गते प्रधानमन्त्रीको भारत भ्रमण, नरेन्द्र मोदीसँग दिल्लीमा भेटवार्ता तय

जेठ १७ गते प्रधानमन्त्रीको भारत भ्रमण, नरेन्द्र मोदीसँग दिल्लीमा भेटवार्ता तय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् । जेठ १७ गते भारत भ्रमणमा जाने तय भएको छ ।

भ्रमण जेठ १७ देखि २० गतेसम्म हुने स्रोतले बताएको छ । कुनै भवितव्य नपरे जेठ १७ गते नै भारत भ्रमणमा जाने परराष्ट्र मन्त्रालयका अधिकारी बताउँछन् ।

प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते समकक्षी नरेन्द्र मोदीसँग नयाँदिल्लीमा भेटवार्ता गर्ने र १९ गते मुम्बई जाने छन् ।

२० गते स्वदेश फर्किने गरी भ्रमणको तालिकालाई अन्तिम रुप दिने तयारी भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत वैशाखमै भ्रमणको तयारी गरेका तर नक्कली भुटानी शरणार्थी प्रकरण र नयाँ बजेटको तयारी लगायतका कारण भ्रमणको मिति पछि सारिएको थियो ।

जेठ १५ गते बजेट सार्वजनिक भएलगतै १७ गते उनी भारत जाने तय भएको स्रोतले बतायो ।

 


Thali Mobile Pvt.Ltd.