भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

ट्राफिकद्वारा सचेतना कक्षा

ट्राफिकद्वारा सचेतना कक्षा

कर्णाली । ट्राफिक प्रहरीले मदिरा सेवन गरी सवारीसाधन चलाउने यात्रुलाई सचेतना कक्षा दिन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मदिरा सेवन गर्ने सवारी चालकलाई कारबाहीसँगै बिहीबारदेखि सचेतना कक्षा सुरु गरेको हो ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले मदिरा सेवन गरी सवारीसाधन चलाउने क्रम बढ्न थालेपछि यस्तो अभियान थालिएको बताउनुभयो । उहाँका अनुसार चालू आर्थिक वर्षको हालसम्म मदिरा सेवन गरी सवारीसाधन चलाउने १९२ लाई कारबाही गरिएको छ ।

सचेतनामूलक कक्षा साताको दुई दिन सञ्चालन हुनेछ । “मदिरा सेवन गरी सवारीसाधन चलाएर ट्राफिकको कारबाहीमा परेका व्यक्तिलाई ट्राफिक नियमबारे जानकारी दिने गरिएको छ”, उहाँले भन्नुभयो, “सचेतना कक्षाले चालकलाई सडक सुरक्षामा गम्भीर बनाउन थप मद्दत पुग्ने अपेक्षा लिएका छौँ ।” मदिरा सेवन गरी सवारी चलाउनु कानूनविपरीत भएकाले यससम्बन्धी दण्ड सजायका बारेमा जानकारी दिने गरिएको ट्राफिक प्रहरीको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.