तुलसीपुर । पाँच दिन अघि ठक्कर दिएर भागेको मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमाहानगरपालिका वडा नं. ६ अल्फाबेट नखुलेको मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको थियो।
भारतको नानपारा घर भई हाल तुलसीपुर ५ मा बस्दै आएका ३५ वर्षीय बल्लु हलवाईलाई अल्फाबेट नखुलेको मोटरसाइकलले ठक्कर दिएर भागेको थियो। हलवाईको उपचारका क्रममा सोही दिन राति ११ बजे नेपालगञ्ज नर्सिङहोममा मृत्यु भएको थियो। पाँच दिनको प्रयासवाट प्रहरीले ठक्कर दिने मोटरसाइकल र चालकलाई पक्राउ गर्न सफल भएको छ।
तुलसीपुर ५ का ३७ वर्षीय प्रकाश श्रेष्ठ ०२–०३–०१० प ३०४७ नम्वरको मोटरसाइकलसहित पक्राउ परेको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताए । लुकिछिपी बसेको अवस्थामा घरबाटै पक्राउ गरेको जानकारी दिए ।
