भर्खरै : Sorry, your browser does not support inline SVG.
काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | ब्रोड पिकमा शव उद्धार प्रयास जारी, क्याम्प–१ हुँदै जापानी क्याम्पबाट हेलिकोप्टर उद्धारको योजना | सरकारको पाक्षिक तलब योजना कार्यान्वयनमै रोकियो, पहिलो महिनामै कर्मचारी निराश | सेउटामा आप्रवासी सङ्कटपछि ईयूको आपतकालीन बैठक, स्पेन–मोरक्को सीमा संकटबारे छलफल | अमेरिका जान नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने, नयाँ ‘भिसा बन्ड’ नियम लागू | बूढानीलकण्ठमा प्रहरीको गोली प्रहारपछि कर्मा तामाङ पक्राउ, खुकुरीसहित प्रहरीमाथि आक्रमणको प्रयास | १३ बुँदे सहमतिपछि गृहमन्त्री गुरुङको अपिल : अब द्वन्द्व होइन, मेलमिलाप चाहिन्छ | भक्तपुर अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणको भर्त्सना, दोषीमाथि कडा कारबाही गर्न चिकित्सक सङ्घको माग |

डुङ्गा दुर्घटनामा बेपत्ता बालक अझै भेटिएनन्

डुङ्गा दुर्घटनामा बेपत्ता बालक अझै भेटिएनन्

बैतडी, । महाकाली नदीमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका एक बालकको अवस्था अझै खुल्न सकेको छैन । गत कात्तिक १० गते शिवनाथ गाउँपालिका–१ स्थित महाकाली नदीको खाँडघाटमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता भएका शिवनाथ–१ कै आठ वर्षीय सन्दीप साउद बेपत्ता भएका थिए । बेपत्ता भएको सन्दीपको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । सन्दीपको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिनाका साथै भारतीय प्रहरीसँगसमेत सहयोग मागिए पनि सन्दीप अझै फेला परेका छैनन् ।

डुङ्गा चढेर भारततर्फ गइरहेका बेला कात्तिक १० गते दुर्घटना हुँदा शिवनाथ–१ कै १३ वर्षीया मीना साउदको भने मृत्यु भएको थियो । दुर्घटनामा परेर बेपत्ता भएकी मीना पनि कात्तिक ११ गते महाकाली नदीको पारी भारतमा मृत फेला परेकी थिइन् । उनको सोही दिन भारतमै आफन्तले अन्तेष्टी गरेका थिए । दशजना सवार डुङ्गा पल्टिँदा आठजना पौडिन सफल भएका थिए । पूजाका लागि शिवनाथ आएका चक्रसिंह साउदको परिवार लामो समयदेखि भारतको पञ्जाबमा बस्दै आएकाले कात्तिक १० गते भारत जान लागेका बेला डुङ्गा दुर्घटनामा परेको थियो ।

महाकाली नदीमा पुल नहुँदा तल्लो सोराडका स्थानीयवासी जोखिम मोलेर डुङ्गाबाट महाकाली नदी तर्दै आएका छन् । जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिका भारतसँग जोडिएको छ । भारत आवतजावत गर्दा महाकाली नदीमा पुल नहुँदा डुङ्गाको सहायताले स्थानीयवासी वार पार गर्ने गर्दछन् ।

 

 


Thali Mobile Pvt.Ltd.