भर्खरै : Sorry, your browser does not support inline SVG.
तीनकुने–गैरीगाउँ क्षेत्रका बासिन्दाले सामान सार्न थाले, पाँच स्थानमा पुनर्स्थापना गर्ने सरकारको तयारी | पेट्रोलियम पदार्थ आयातबाट साठी अर्ब अठतीस करोड राजस्व सङ्कलन | इरानी विदेशमन्त्री पाकिस्तानमा, अमेरिका–इरान वार्ताका लागि कूटनीतिक प्रयास तीव्र | वीरगञ्ज महानगरद्वारा भूमिहीनलाई ३० दिनभित्र सम्पर्कमा आउन आग्रह | सुखड बजारको होटलमा आगलागी, कामदारको जलेर मृत्यु | विश्वका १० देशमा तीव्र खाद्य असुरक्षा, द्वन्द्व र मल अभाव मुख्य कारण | विनाशकारी भूकम्प गएको १० वर्ष पूरा, पुनर्निर्माण र सम्झनाका बीच नेपाल | थापाथली सुकुम्बासी बस्तीमा अनधिकृत संरचना हटाउन डोजर चलाउन सुरु |

तीन हजार ५५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

तीन हजार ५५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि

काठमाडौं । आज देशभरिमा तीन हजार ५५६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । आज नै ३७८ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले पिसिआर प्रविधिबाट १२ हजार ४०० र एन्टिजिन विधिबाट ८९३ गरी जम्मा १३ हजार २९३ को परीक्षण गरेको थियो । हाल होम आइसोलेशनमा २० हजार ५३५ र संस्थागत आइसोलेशनमा एक हजार ८९९ रहेका छन् ।

त्यस्तै, आइसियु २६८ र भेन्टिलेटरमा ७८ रहेका छन् । आजसम्म पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लाहरुमा काठमाडौँ, भक्तपुर, ललितपुर, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देही रहेका छन् । हाल देशभरका ७७ जिल्लामा नै सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । हालसम्म पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या २४ लाख १७ हजार ४१७ रहेको मन्त्रालयले जनाएको छ । प्रतिदश लाख जनसङ्ख्यामा ८२ हजार ९६७ को परीक्षण भएको छ ।

हालसम्म देशभरमा गरी जम्मा तीन लाख तीन हजार ५६१ लाई सङ्क्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये महिलाको सङ्ख्या एक लाख आठ हजार ५३५ र पुरुषको सङ्ख्या एक लाख ९५ हजार २६ रहेको छ । निको भएकाको दर ९१ दशमलव पाँच प्रतिशत छ । हालसम्म पिसिआर परीक्षण गरिएकामध्ये पोजेटिभ दर १२ दशमलव पाँच प्रतिशत छ । पछिल्लो २४ घण्टामा रिपोर्ट प्राप्त भएको मृत्यु सङ्ख्या १२ रहेको छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.