भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि खोजी-उद्धार जारी, हराएका आफन्तको विवरण प्रहरीलाई दिन आग्रह | भोटेकोशी बाढी : मधेसका ५८, बाँकेका २७ र सुनसरीका १५ जना सम्पर्कविहीन | आज ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह | रसुवा बाढी : ४६९ शव फेला, १ हजार ५४५ जनाको उद्धार | रसुवा-नुवाकोटसहित बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहतलाई तीव्रता दिँदै बागमती सरकार | भोटेकोशी बाढीपीडितको तत्काल उद्धार, राहत र उपचार गर्न नेमकिपाको माग | बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु |

तीनवटा पालिका मेलम्ची, पाँचपोखरी र इन्द्रावती जोड्ने ‘बेलिब्रिज’ निर्माण हुँदै

तीनवटा पालिका मेलम्ची, पाँचपोखरी र इन्द्रावती जोड्ने ‘बेलिब्रिज’ निर्माण हुँदै

काठमाण्डौ । सिन्धुपाल्चोकको मेलम्ची नदीमा ‘बेलिब्रिज’ बनाउन सुरु भएको छ । सिन्धुपाल्चोकका तीनवटा पालिका मेलम्ची, पाँचपोखरी र इन्द्रावती जोड्ने
मेलम्चि नदीमा नेपाली सेनाको सहयोगमा ‘बेलिब्रिज’ बनाउन थालिएको हो । मेलम्चीपारिको वडा नम्बर ९ र १० तथा पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका जोड्ने बेलिब्रिज बनेपछि स्थानीयबासिन्दाले प्रत्यक्ष लाभ लिने उल्लेख गरिएको छ ।

सदरमुकाम चौतारा जाने छोटो दूरीको ‘रुट’ का रूपमा समेत यो सडकलाई प्रयोग गर्न सकिन्छ । बर्खामा स्थानीय नागरिकलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले बेलिब्रिज बनाउन थालिएको बताइएको छ । झण्डै दुई हप्तामा बेलिब्रिज बनाउने काम सकिने नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं बाहिनी अड्डाले जनाएको छ ।

हिउँदको समयमा ह्युमपाइप राखेर सडक खुलाए पनि बर्खा लागेसँगै समस्या भैरहेको छ । २०७८ साल असार १ गते आएको बाढीले पक्की पुल बगाउँदा त्यहाँका बासिन्दाले बर्खाको समयमा सास्ती खेप्दै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.