भर्खरै : Sorry, your browser does not support inline SVG.

त्रिपालमुनि बसिरहँदा चिसोले विभिन्न किसिमका स्वास्थ्य समस्या देखा परे

त्रिपालमुनि बसिरहँदा चिसोले विभिन्न किसिमका स्वास्थ्य समस्या देखा परे

जाजरकोट। भूकम्पका कारण जाजरकोट जिल्लाका एक लाख २८ हजार ९ सय १७ जना प्रभावित भएका छन् । जाजरकोटमा गत कात्तिक १७ गते रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण जोखिमको जनसङ्ख्या २२ हजार २०६ रहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

त्रिपालमुनि बसिरहँदा चिसोले उनीहरूलाई विभिन्न किसिमका स्वास्थ्य समस्याहरु देखापरेका छन् । चिसोका कारण केहीको मृत्युसमेत भएको छ । भूकम्पका कारण स्वास्थ्य संस्थाहरुमा क्षति पुगेकाले सर्वसाधारणको उपचार समेत प्रभावित भएको हो ।

जस अनुसार पाँच वर्षमुनिका १२ हजार ४०४ बालबालिका प्रभावित भएका छन् भने एक हजार ८८३ गर्भवती त्रिपालमा बस्न बाध्य भएका छन् । त्यसैगरी एक हजार ७६ सुत्केरी त्रिपालको सहारामा बसिरहेका छन् । एक हजार ८३२ दीर्घरोगी र ८५०अपांगता भएका व्यक्ति पनि समस्यामा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.