भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

त्रिपालमुनि बसिरहँदा चिसोले विभिन्न किसिमका स्वास्थ्य समस्या देखा परे

त्रिपालमुनि बसिरहँदा चिसोले विभिन्न किसिमका स्वास्थ्य समस्या देखा परे

जाजरकोट। भूकम्पका कारण जाजरकोट जिल्लाका एक लाख २८ हजार ९ सय १७ जना प्रभावित भएका छन् । जाजरकोटमा गत कात्तिक १७ गते रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण जोखिमको जनसङ्ख्या २२ हजार २०६ रहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

त्रिपालमुनि बसिरहँदा चिसोले उनीहरूलाई विभिन्न किसिमका स्वास्थ्य समस्याहरु देखापरेका छन् । चिसोका कारण केहीको मृत्युसमेत भएको छ । भूकम्पका कारण स्वास्थ्य संस्थाहरुमा क्षति पुगेकाले सर्वसाधारणको उपचार समेत प्रभावित भएको हो ।

जस अनुसार पाँच वर्षमुनिका १२ हजार ४०४ बालबालिका प्रभावित भएका छन् भने एक हजार ८८३ गर्भवती त्रिपालमा बस्न बाध्य भएका छन् । त्यसैगरी एक हजार ७६ सुत्केरी त्रिपालको सहारामा बसिरहेका छन् । एक हजार ८३२ दीर्घरोगी र ८५०अपांगता भएका व्यक्ति पनि समस्यामा रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.