भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडिनय नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडिनय नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडीनय नागरिक मोहम्मद कमाल माहगौब पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले गएराति दुबईबाट काठमाडौं ओर्लिएका माहगौबलाई एकसरे चेकजाँचको क्रममा आफ्नै शरीरमा सुन लुकाएको पाइएपछि पक्राउ गरिएको भन्सार कार्यालयले जनाएको छ ।

फ्लाई दुबईको एफ–२५७३ विमान मार्फत काठमाडौँमा ओर्लिएका माहगोव पहिलोपटक नेपाल आएको र उनको शरिरबाट प्लास्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन करिब ९ किलो १३५ ग्राम बरामद भएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

प्रहरी वृत गौशालाका अनुसार उनको केएमसी अस्पताल सिनामंगलमा स्वास्थ्य परीक्षण गरेर घट्नाबारे अनुसन्धान भइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.