भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

त्रिशूलीको शेयरका लागि ७८ हजारको आवेदन

त्रिशूलीको शेयरका लागि ७८ हजारको आवेदन

काठमाडौँ, । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले सर्वसाधारणलाई बिक्री गरेको शेयरबापतको बाँकी रकम चुक्ता गर्न झण्डै ७८ हजार शेयरधनीले आवेदन दिएका छन् । कम्पनीले शेयरबापतको रकम बुझाउन गत असोज ४ गतेदेखि आवेदन माग गरेको थियो । कम्पनीको शेयर बाँडफाँटमा शेयर पाई प्रतिकित्ता रु १० बुझाएका जम्मा एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण शेयरधनीमध्ये झण्डै ७८ हजारले प्रतिकित्ता बाँकी रु ९० बुझाएका छन् । यसबाट रु १६ करोड १० लाख सङ्कलन भएको छ ।

साविकका सर्वसाधारण शेयरधनीबाट अङ्कित मूल्यको ९० प्रतिशतले हुन आउने प्रतिकित्ता बाँकी रु ९० का दरले रु ३३ करोड ३४ लाख ५० हजार सङ्कलन गरिनेछ । यही कात्तिक १७ गतेसम्म आवेदन दिने अन्तिम दिन हो । कम्पनीका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले अन्तिमअगावै आवेदन दिन शेयर धनीलाई आग्रह गर्नुभयो । ‘जनताको जलविद्युत्’ कार्यक्रमअन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएकोसमेत शेयर निष्काशन गरी प्रतिसेयर रु एक सय अङ्कित मूल्यको न्यूनतम १० प्रतिशतले हुने रु १० मात्र सङ्कलन गरेको थियो ।

कम्पनीको शेयर बाँडफाँटमा शेयर पाई प्रतिकित्ता रु १० बुझाएका जम्मा एक लाख ५४ हजार पाँच सय ५९ जना सर्वसाधारण सेयरधनीले प्रतिकित्ता बाँकी रु ९० बुझाउनुपर्नेछ । रकम बुझाउने अन्तिम मितिसम्म कम्पनीले जनताको जलविद्युत् कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७५ मा वार्षिक आठ प्रतिशत व्याज दिनुपर्ने प्रावधानबमोजिम शेयरधनीले प्रतिकित्ता रु तीन व्याज प्राप्त गर्ने हुँदा हाल प्रतिकित्ता रु ८७ मात्र जम्मा गरे हुनेछ । आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट उपलब्ध गराइएको ‘मेरो सेयर’ सफ्टवेयरबाट समेत शेयरधनीले रकम बुझाउन–आवेदन दिन सक्नेछन् ।

शेयरधनीले यसरी रकम भुक्तानी गर्दा आश्वा शुल्कसमेत तिर्नुपर्ने छैन । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले रसुवा र नुवाकोटमा ३७ मेगावाटको माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको ३०–३० प्रतिशत संस्थापक शेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत शेयर रहनेछ ।

आयोजनाको कूल अनुमानित लागत निर्माण अवधिको व्याजबाहेक रु सात अर्ब ४४ करोड ५६ लाख ४८ हजार रहेको छ । निर्माण अवधिको ब्याज रु ७८ करोड १७ लाख ९३ हजारसहित आयोजनाको कूल लागत रु आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार पुग्ने अनुमान गरिएको । निर्माण अवधिको ब्याजबाहेकको आयोजनाको अनुमानित निर्माण लागत रु सात अर्ब ४४ करोड मध्ये ३० प्रतिशत स्वपुँजी रु दुई अर्ब ४७ करोड र ७० प्रतिशत ऋण रु पाँच अर्ब ७६ करोडबाट लगानी जुटाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.