भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

थप ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि

थप ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ, । देशभर पछिल्लो २४ घण्टामा थप ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ३५७ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ८५७ जनाको पिसिआर तथा एक हजार पाँच सय जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सो अवधिमा ६२ जना कोरोना भाइरसबाट मुक्त भएका छन् ।

योसँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ६८ हजार १२६ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३६ हजार ३४८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९८२ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ । हाल होम आइसोलेशनमा एक हजार ८६५, संस्थागत आइसोलेसनमा ११७ र आइसियूमा १९ सङ्क्रमित छन् ।

हाल देशभरमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ मात्र रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, जाजरकोट, कालिकोट, मुगु, बाजुरा र डढेलधुरा छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार १०९, ललितपुरमा १६० र भक्तपुरमा ४२ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.