भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

थप ५२ जना कर्णालीका सहित देशैभर कोरोना संक्रमितको संख्या ५,७६० पुग्यो (भिडियाेसहित)

थप ५२ जना कर्णालीका सहित देशैभर कोरोना संक्रमितको संख्या  ५,७६० पुग्यो (भिडियाेसहित)

३२ जेठ २०७७ आइतबार, काठमाडौं । नेपालमा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४२५ जनामा संक्रमण देखिएको हो ।

आज थपिएका ४२५ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा थप ६१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ९७४ पुगेको छ। जसमध्ये पुरुष ८७७ र महिला ९७ जना छन् । कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ । ७३ जिल्लामा संक्रमण देखिएको छ ।

३७ जना दैलेखका गरी  कर्णालीमा ५२ जनामा काेराेना, संक्रमित संख्या ९६७ पुग्याे

कर्णाली प्रदेशमा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ५२ जनासंगै प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ९६७ पुगेको हो । सुर्खेतमा गरेको परीक्षणमा ५० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ थपिएका संक्रमितमध्ये ३७ जना दैलेख र १५ जना सुर्खेत का हुन् ।

भिडियाे हेर्नुहाेस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/1378820208967831/

अहिलेसम्म कर्णाली प्रदेशका ९३ जनाले कोरोना जितेर घर फर्किएका छन् भने ३ जनाले ज्यान गुमाएका छन् । त्यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।  संक्रमित ३ जना बर्दिया र ३ जना बाँकेका छन् । त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा पेटको उपचार गर्न आएका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोहलपुरको सर्जरी वार्ड सिल

बिरामीमा कोरोना संक्रमण देखिएपछि कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजको सर्जरी वार्ड सिल गरिएको छ। उक्त वार्डलाई डिसइन्फेक्ट गर्नका लागि आइतबार एक दिनका लागि सिल गरीएको अस्पतालका असिस्टेन्ट डाइरेक्टर डा नितेश कनोडियाले जानकारी दिए।

उनका अनुसार अस्पतालका अन्यस सेवा भने सुचारु छन् । १० दिन अघि अस्पतालमा भर्ना भएका एक बिरामीमा कोरोना भाइरसको संक्रमण देखिएपछि अस्पतालमा कार्यतर डाक्टर, नर्स सहित २५ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.