भर्खरै : Sorry, your browser does not support inline SVG.

दशैं नजिकियो उपत्यका छाड्नेको तँछाडमछाड

दशैं नजिकियो उपत्यका छाड्नेको तँछाडमछाड

काठमाडौं । चाडपर्वलाई लक्षित आफ्नो गन्तव्य तय गर्न अग्रिम टिकट बुकिङ गर्न तछाडमछाड छ । सडक यातायातका लागि अझै पनि टिकटका लागि तँछाडमछाड गरिरहनु परेको यात्रुहरुले बताएका छन् ।

सरकारले सार्वजनिक बसका लागि २२ असोजदेखि अग्रिम टिकट बुकिङ खुलाएपछि राजधानीको व्यस्त बसपार्क गंगबुमा टिकट काट्नेको तछाडमछाड भएको हो । अहिलेसम्म नियमित रुटका लागि तोकिएका टिकटहरुको बिक्री सकिएर थप टिकटमा अग्रिम बुकिङ भइरहेको यातायात व्यवसायी महासंघका उपाध्यक्ष सरोज सिटौलाले बताए ।

सार्वजनिक बसमा पहाडी भेगमा बाढी समस्या रहेको यात्रुहरुको गुनासो गरेका छन् । सवारी साधनको अभाव नहुने र कसैको पनि यात्रा अवरुद्ध नहुने व्यवासायीले बताएका छन् ।

आइतबार परेको घटनास्थापना अगाडि सडक तथा हवाई दुवै माध्यमबाट शुक्रबार र शनिबार अत्यधिक संख्यामा यात्रु बाहिरिने गरेका छन् । फूलपाती पछि तीन दिन उपत्यका र शहरी इलाकाबाट ग्रामिण इलाकामा जाने यात्रुको चाप अत्याधिक हुने गर्दछ ।

 


Thali Mobile Pvt.Ltd.