भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

दुबई एयरपोर्टमा १०० नेपाली अलपत्र छोडेर रित्तै फर्किंदै नेपाल एयरलाइन्स

दुबई एयरपोर्टमा १०० नेपाली अलपत्र छोडेर रित्तै फर्किंदै नेपाल एयरलाइन्स

२ भदौ २०७७ काठमाडौं । नेपाली यात्रुको उद्धार गर्न भनेर दुबई पुगेकेको नेपाल एयरलाइन्स एक सय नेपालीलाई एयरपोर्टमा अलपत्र पारेर नेपाल एयरलाइन्सको विमान रित्तै फर्किँदै छ ।

स्वदेश फिर्तीको सबै प्रक्रिया पूरा गरेर एयरपोर्टमा बसिरहेका उनीहरु लिन आएको प्लेन रित्तै फर्किन लागेको थाहा पाएपछि आक्रोशित भएका छन् । एरपोर्टमा अलपत्र परेका उनीहरुले सम्पूर्ण खर्च नेपाल एयरलाइन्स, उडान रद्द गराउने सीसीएमसी र प्रमुख उपप्रधानमन्त्री ईश्वर पोखरेलले व्यहोर्नुपर्ने बताईरहेका छन् ।

सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा नेपालीहरु अलपत्र परेका हुन । होटल क्वारेन्टिनको व्यवस्था भइनसकेको भन्दै उद्धार उडान रोक्न सीसीएमसीले निर्देशन दिएको थियो । सीसीएमसीको सोही आग्रहअनुसार विदेशबाट हुने सम्पूर्ण उद्धार उडान एक्कासी स्थगित गरिँदा विदेशका एयरपोर्टहरुमा कयौं यात्रुहरु अलपत्र परेका छन् ।

 


Thali Mobile Pvt.Ltd.