भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दुम्मानामा प्रहरी चौकी स्थापना

दुम्मानामा प्रहरी चौकी स्थापना

भोजपुर । जिल्लाको दक्षिणी क्षेत्रमा रहेको आमचोक गाउँपालिका–९ दुम्मानामा प्रहरी चौकी स्थापना गरिएको छ । सो क्षेत्रको शान्ति सुरक्षालाई ध्यानमा राख्दै चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख कृष्ण चन्दले जानकारी दिनुभयो ।

चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ७ जना जनशक्ति रहने प्रमुख चन्दले बताउनुभयो । चौकीको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले सो चौकीको उद्घाटन गर्नुभयो । सो क्षेत्रमा गाँजा उत्पादन हुने र सोही कारण अवैध कारोबार बढ्न थालेको भन्दै स्थानीयले लामो समयदेखी प्रहरी चौकीको माग गर्दैै आएका थिए । रासस

 


Thali Mobile Pvt.Ltd.