भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

कार दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्षको मृत्यु

कार दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्षको मृत्यु

३२ जेठ २०७७ नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माकाे कार दुर्घटनामा मृत्यु भएको छ ।

सदरमुकाम परासी जाने क्रममा करिब ११ बजेतिर उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो बर्दघाटमा दुर्घटनामा परेको हाे । दुर्घटनामा घाईते भएका शर्माकाे अस्पतालमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केशीले जानकारी दिए ।

शर्मासँगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाइते भएका छन् । कार बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खसेको हो ।  जिल्लामा विपद व्‍यवस्थापन समितिको बैठकमा सहभागिता हुन शर्मा परासीतर्फ गइरहेका थिए ।

 


Thali Mobile Pvt.Ltd.