३२ जेठ २०७७ नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माकाे कार दुर्घटनामा मृत्यु भएको छ ।
सदरमुकाम परासी जाने क्रममा करिब ११ बजेतिर उनी सवार गाउँपालिकाको लु १ झ ३७० नम्बरको स्कारर्पियो बर्दघाटमा दुर्घटनामा परेको हाे । दुर्घटनामा घाईते भएका शर्माकाे अस्पतालमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अजय केशीले जानकारी दिए ।
शर्मासँगै कारमा सवार प्रतापपुर गाउँपालिका वडा नम्बर ५ का हरिलाल राजभर घाइते भएका छन् । कार बर्दघाटको लक्ष्मीनगर पुलदेखि तल खोलामा खसेको हो । जिल्लामा विपद व्यवस्थापन समितिको बैठकमा सहभागिता हुन शर्मा परासीतर्फ गइरहेका थिए ।

