देउवाले सबैलाई मिलाएर नलगे काँग्रेस भित्रै विद्रोह गर्ने नेताहरुको चेतावनी (भिडियो सहित)

देउवाले सबैलाई मिलाएर नलगे काँग्रेस भित्रै विद्रोह गर्ने नेताहरुको चेतावनी (भिडियो सहित)

भक्तपुर । नेपाली काँग्रेसका नेताहरुको भेलाले पार्टी सभापति शेरबहादुर देउवालाई सूझावसहितको चेतावनी दिएका छन् ।

शेखर कोइराला पक्षलाई पाखा लगाएर देउवा पक्षकालाई मात्र समेटेर लगे पार्टी भित्रै विद्रह गरिने चेतावनी दिएका हुन । नेताहरुले मंसिर चार गते हुने चुनावमा आफूनिकट नेताहरुलाई समेटेर जानुपर्ने सूझाव दिएका छन् ।

नेपाली कांग्रेसका उपलब्ध केन्द्रीय सदस्य एवम् पार्टीका प्रभावशाली लोकप्रिय नेताहरुको भक्तपुरमा भएको भेलाले डा. शेखर कोइरालाले इमान्दार र पार्टीको भलो चाहने जनपक्षिय नेताहरुलाई अगाडि सार्नु पर्ने भन्दै अबको चुनावमा अमुख व्यक्तिको मात्रै पार्टीमा कब्जा भइरहने देउवा प्रवृति हटाउनु पर्ने अडान लिएका छन् ।

पछिल्लो समय इमान्दार नेता कार्यकता छुट्दै जाने र चापलुसी, चाकडी गर्नेहरुको मात्रै पार्टी भित्र हालिमुहाली भइरहेकोले अब त्यो त्याग्न पनि जरुरी रहेको जिकिर गरे । उपलब्ध नेताहरुकाे भेलाले यही १५ गते नेता डा. शेखर काेइरालालाई भेटेरै ध्यानाकर्षण गराउँने बताए ।

नेपाली कांग्रेस १४ औं महाधिवेशनमा लोकप्रिय नेता डा. शेखर कोइरालाले खेलेको भूमिका सराहनीय भएको भन्दै सबैलाई समेटेर चुनावमा होमिनु पर्ने नेताहरुले बताए ।तर इमान्दार पञ्छिने र चाकडीवाजलाई मात्र अबसर दिने नेतृत्वका विरूद्व जाने समेत चेतावनी दिए ।

हेर्नुहोस भिडियो…..

पुरा भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस्… 

 


Thali Mobile Pvt.Ltd.