काठमाण्डौ । बुधबार देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक सरिरहेकाले नेपालको पूर्वी तराई नजिक रहेको मनसुनी न्यूनचापीय रेखा नेपाल प्रवेश गर्ने भएकाले धेरै ठाउँमा पानी पर्ने मौसमविद्मले जनाएका छन् ।
न्यूनचापीय रेखाको प्रभाव केही दिन रहने देखिएकाले अबको ३ र ४ दिन नै पानी पर्ने अनुमान गरिएको छ । वाग्मती, लुम्बिनी, सुदूरपश्चिम प्रदेश, प्रदेश १ र प्रदेश २ का केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने मौसमविद्को भनाई छ ।
