भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

देशभर जनस्वास्थ्य निरिक्षक खटाइने

देशभर जनस्वास्थ्य निरिक्षक खटाइने

काठमाडाैं । सरकारले देशभर १ हजार ७७ जना जनस्वास्थ्य निरिक्षक खटाउने भएको छ । कोरोनाभाइरस प्रतिकार्यका लागि सरकारले देशभर जनस्वास्थ्य निरीक्षक खटाउने भएको हो । नेपालमा हालसम्म ६ लाख ८७ हजार ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको अवस्थामा सरकारले जनस्वास्थ्य निरीक्षक परिचालन गर्न चासो देखाएको हो । कोरोना संक्रमणले ९ हजार भन्दा बढीले ज्यान गुमाईसकेपछि बल्ल सरकारले कोभिड–१९ प्रतिकार्यका लागि सरकारले देशका कुल ७५३ स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिकामा ७ जना र अन्य महानगरपालिकामा ५र५ जना जनस्वास्थ्य निरीक्षक परिचालन गर्नेछ ।

११ वटा उप–महानगरपालिकामा ३र३ जनाका दरले निरीक्षक रहनेछन् भने २ सय ७६ नगरपालिकामा २र२ निरीक्षकलाई खटाइने कार्यविधिमा उल्लेख छ । यस्तै ४ सय ६० गाउँपालिकामा १र१ जना सातौँ तहका जनस्वास्थ्य अधिकृत खटाइने भएको छ । नेपालमा ९ हजार २ सय ६३ जनाले कोभिड संक्रमणबाट ज्यान गुमाएका छन् । कोरोना संक्रमण दुई पटक उत्कर्षमा पुग्दासमेत केही गर्न नसकेको स्वास्थ्य मन्त्रालयले अब भने देशभर १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक परिचालन गर्ने भएको हो ।

 


Thali Mobile Pvt.Ltd.