भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

देशभर जनस्वास्थ्य निरिक्षक खटाइने

देशभर जनस्वास्थ्य निरिक्षक खटाइने

काठमाडाैं । सरकारले देशभर १ हजार ७७ जना जनस्वास्थ्य निरिक्षक खटाउने भएको छ । कोरोनाभाइरस प्रतिकार्यका लागि सरकारले देशभर जनस्वास्थ्य निरीक्षक खटाउने भएको हो । नेपालमा हालसम्म ६ लाख ८७ हजार ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको अवस्थामा सरकारले जनस्वास्थ्य निरीक्षक परिचालन गर्न चासो देखाएको हो । कोरोना संक्रमणले ९ हजार भन्दा बढीले ज्यान गुमाईसकेपछि बल्ल सरकारले कोभिड–१९ प्रतिकार्यका लागि सरकारले देशका कुल ७५३ स्थानीय तहमध्ये काठमाडौँ महानगरपालिकामा ७ जना र अन्य महानगरपालिकामा ५र५ जना जनस्वास्थ्य निरीक्षक परिचालन गर्नेछ ।

११ वटा उप–महानगरपालिकामा ३र३ जनाका दरले निरीक्षक रहनेछन् भने २ सय ७६ नगरपालिकामा २र२ निरीक्षकलाई खटाइने कार्यविधिमा उल्लेख छ । यस्तै ४ सय ६० गाउँपालिकामा १र१ जना सातौँ तहका जनस्वास्थ्य अधिकृत खटाइने भएको छ । नेपालमा ९ हजार २ सय ६३ जनाले कोभिड संक्रमणबाट ज्यान गुमाएका छन् । कोरोना संक्रमण दुई पटक उत्कर्षमा पुग्दासमेत केही गर्न नसकेको स्वास्थ्य मन्त्रालयले अब भने देशभर १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक परिचालन गर्ने भएको हो ।

 


Thali Mobile Pvt.Ltd.