भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

देशभर संक्रमितको संख्या १७९८ पुग्यो, दैलेखमा फैलिदै काेराेना (भिडियाे)

देशभर संक्रमितको संख्या १७९८ पुग्यो, दैलेखमा फैलिदै काेराेना (भिडियाे)

१९ जेठ २०७७ काठमाडौं । नेपालमा सोमबार २२६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितहरुमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । नयाँ संक्रमितहरुमा एक वर्षीया बालिकादेखि ६५ वर्षीयसम्म रहेका छन् ।

कोशी अस्पताल बिराटनगरमा गरिएको परीक्षणमा झापा बाह्रदशीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशलामा पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका तीनजना पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ४३ जनामा पोजेटिभ आएको छ । जसमा अधिकांश दैलेखका रहेका छन्। प्रदेश अस्पताल तथा पशुपंक्षी प्रयोशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको नारायण नगरपालिकाका १६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी सल्यानको बनगाड कुपिण्डेका १० जनामा संक्रमण देखिएको छ। त्यसैगरी सल्यानको बनगाड कुपिण्डेका १० जनामा संक्रमण देखिएको छ। त्यस्तै सुर्खेतका ५ जनामा पनि संक्रमण पुष्टि भएको छ । धुलिखेलस्थित ल्याबमा गरिएको परीक्षणमा २० जनाको पोजेटिभ आएको छ ।

जसमा कपलिवस्तुका २ छन् । रौतहटका १७ जनामा संक्रमण देखिएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा ७ जना पोजेटिभ आएको छ । जसमा सातैजना बाँके डुढुवाका पुरुष रहेका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ गरिएको परीक्षणमा ९ जनाको पोजेटिभ आएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका ५ जनासहित नौजनामा संक्रमण देखिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२ जनामा संक्रमण पुष्टि भएको छ। जसमा धनुषा धननौजीका ४ जना, हंसपुरका २ जना र प्रदेश अस्पतालका १ जना रहेका छन् । त्यसैगरी शिवराज कपिलवस्तुका १२ जनामा संक्रमण पुष्टि भएको छ। कपिलवस्तुकै हरिहरपुरका ८ जनामा संक्रमण देखिएको छ ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/3112728985488056/

कपिलवस्तुकै महाराजगञ्जका २ जनामा पनि कोरोना देखिएको छ। जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुको रंगिलाल माविका ११ जनालाई कोरोना पुष्टि भएको छ। त्यसैगरी कपिलवस्तु चन्द्रौटा माविका ३ जना र अन्य दुईजनाम पनि संक्रमण देखिएको छ।

महोत्तरीका २ जना, मकवानपुरका १ जना, सर्लाहीको जनमावि क्वारेन्टाइनका ५ जना महिलामा पनि संक्रमण देखिएको छ। त्यसैगरी सर्लाही जनता मावि क्वारेन्टाइनमा का ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

सिरहाको सूर्यनारायण माविका ५ जनामा पनि कोरोना देखिएको छ। त्यस्तै सेती अस्पतालमा १८ जना पोजेटिभ भेटिएका छन्। जसमा अछामकी १ वर्षीया बालिका पनि छन्। त्यसैगरी कैलालीका १४ जना संक्रमित छन्। जसमा तीन महिला पनि छन् । बैतडीका १ जना, डोटीका १ जना र कञ्चनपुरका १ जनामा पनि संक्रमण पुष्टि भएको छ।

 


Thali Mobile Pvt.Ltd.