भर्खरै : Sorry, your browser does not support inline SVG.

सजक रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

सजक रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

काठमाडौं । आइतबार देशभर आंशिकदेखि सामान्य बदली भइरहेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । देशको प्रदेश १ मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जनाइएको छ ।

आइतबार राती भने प्रदेश १ मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने छ भने प्रदेश १ मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.