दैलेखमा थप एक काेराेना संक्रमितको मृत्युसंगै कर्णालीमा मृतककाे संख्या पाँच पुग्याे

दैलेखमा थप एक काेराेना संक्रमितको मृत्युसंगै कर्णालीमा मृतककाे संख्या पाँच पुग्याे

९ असार २०७७ दैलेख । कोरोना पोजेटिभ दैलेखमा एक जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा दुल्लु नगरपालिकाका –३ का ४५ बर्षीय पुरुषको मृत्यु भएको हो । क्षयरोग पनि लागेका उनको अस्पतालमा भर्ना गरिसकेपछि पीसीआर परिक्षण गरिएको थियो ।

पीसीआर रिर्रोट पोजेटिभ आएको कर्णाली प्रदेश अस्पताल सुर्खेतले जनाएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

karnaliकर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार तीन सय नाघेको छ । कर्णालीमा हालसम्म सबैभन्दा बढी दैलेखमा ७ सय ३३ र सबैभन्दा कम डोल्पा र रुकुम पश्चिममा १/१ तथा मुगु र हुम्लाका २/२ जनामा कोरोना पृष्टी भएको छ ।

सल्यानका १ सय ७३, सुर्खेतका ३ सय २, जाजरकोट १०, कालिकोट ४३, जुम्ला २४ र अन्य प्रदेशका १६ जनामा कोरोना पृष्टी भएको छ ।

 


Thali Mobile Pvt.Ltd.