भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

दौडधुपमा ‘ऐंचो पैंचो’

दौडधुपमा ‘ऐंचो पैंचो’

काठमाडौं । भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र प्रचार–प्रसारमा व्यस्त छ । केही दिन अघि कलेज क्याम्पियनबाट सुरु भएको चलचित्रको प्रचार यात्रा अहिले विभिन्न टेलिभिजन रियालिटी शो सम्म केन्द्रित भएको छ ।

यही शिलशिलामा मंगलबार चलचित्रको टिम नेपालको सबैभन्दा ठुलो पुरस्कार राशी भएको मरो ‘डान्स युनिभर्स’को फाइनलमा पुगेको थियो । चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता सुशिल सिटौला शोको ग्राण्ड फिनालेमा पुगेका हुन् ।

मेरो ‘डान्स युनिभर्स’ को फाइनल केही सातामा प्रसारण गरिने आयोजक संस्थाले बताएको छ । चलचित्र अहिले गीत संगीत र सार्वजनिक टिजरमा कारण चर्चामा छ । आगामी शुक्रबार ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको चलचित्रको निर्माण त्यसपछि पुर्ण सिनेमाको प्रचारमा लाग्ने तयारीमा रहेको निर्देशक कृर्षा चौलागाईले बताइन् ।

चलचित्रको सफलताको लागि निर्देशक चौलागाई र निर्माता विशाल चौलागाईको यही हप्ता मुम्बई पुगेर सिद्धिविनायक मन्दिरमा पुजा समेत गरेका छन् । केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत,

सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रको बिहीबार सार्वजनिक गीतमा एलेक्स बिक पारस विशेष भुमिका देखिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.