भर्खरै : Sorry, your browser does not support inline SVG.
बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित |

धादिङमा ४१ करोड विद्युत महशुल उठाउन बाँकी

धादिङमा ४१ करोड विद्युत महशुल उठाउन बाँकी

मलेखु । धादिङमा विद्युतको बक्यौदा उच्च देखिएको छ । नेपाल विद्युत प्राधिकरण धादिङ शाखाले दिएको जानकारी अनुसार ४१ करोड ३८ लाख ४५ हजार छ सय १६ रुपैयाँ विद्युत महशुल उठ्न बाँकी देखिएको हो ।

त्यसमध्ये धुनिबेसी नगरपालिकामा संचालित युनाइटेड सिमेन्ट उद्योगको मात्र २७ करोड ५९ लाख ६४ हजार ५ सय ५६ रुपैयाँ बाँकी रहेको देखिन्छ । युनाइटेड सिमेन्टले पुरानो विद्युत महशुलबारे अदालतमा मुद्दा लडिरहेको छ ।

महशुल नतिर्ने एक हजार सात सय ४८ जनाको विद्युत लाइन काटिएपनि एक सय ७७ ग्राहकले अझैसम्म भुक्तानी नभएको नेपाल विद्युत प्राधिकरण धादिङ शाखाका प्रमुख माधव न्यौपानेले जानकारी दिए ।

एक सय तीन जनालाई विद्युत प्राधिकरणले धादिङमा कालोसुचीमा राखेको छ । विद्युत लाइन काटेपछि नेपाल विद्युत प्राधिकरणले चार करोड २६ लाख ७४ हजार दुई सय ४० रुपैयाँ असुली गरेको प्राधिकरणले जनाएको छ । कालोसूचीमा परेका ग्राहकबाट ३७ लाख १२ हजार तीन सय एक रुपैयाँ असुल गर्न बाँकी रहेको छ ।

कालोसूचीमा राखेपछि सरकारी बाँकी सरह असुल गर्ने र तिन पुस्तेमा पर्नेलाई विद्युत सेवा नदिने नियम समेत छ । धादिङ शाखाले गत आवमा एक जना ग्राहकको रकम उठाउन काठमाण्डौ र भक्तपुरमा समेत उनिहरुको घरमा लाइन काटेको कार्यालय प्रमुख न्यौपानेको भनाई छ ।

धादिङमा विद्युत चोरीको घटना पनि गत वर्षको तुलनामा बढेको छ । चुहावट रोक्न बन्द मिटर फेर्ने, तारले छोएका रुख काट्ने, नाङ्गो तारलाई कालो तारमा रुपमान्तरण र ट्रान्सफरमर थप गरेर विद्युत संचालन गरेपनि चोरी नियन्त्रण भने अझै गर्न सकेको छैन ।

प्राधिकरण धादिङ शाखाका न्यौपानका अनुसार गत आर्थिक वर्षमा मात्रै विद्युत चोरीमा गर्ने दुई सय ९४ जनालाई कारबाही समेत गरेको छ । उनीहरुबाट १४ लाख ८१ हजार ९६ रुपैयाँ जरिवाना असुल पनि गरेको छ । तर पनि चोरी निर्मुल पार्न सकेको छैन । यस भन्दा अघिल्लो वर्षमा नेपाल विद्युत प्राधिकरण धादिङले एक सय २३ जनालाई विद्युत चोरी अन्तरगत कारबाही गरेको थियो ।

गत आर्थिक वर्षमा ११ करोड २२ लाख ९१ हजार छ सय नौ युनिट विद्युत विक्रि गरि एक अर्ब दुई करोड दुई लाख ८२ हजार आठ सय ४६ को विद्युत विक्रि गरेको पाइएको छ । गत वर्षको तुलनामा यो २५ प्रतिशतले वृद्ध भएको विद्युत प्राधिकरणले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.